arrow

सुधारगृहमा पुस्तकालय स्थापना गर्दै प्रेस युनियन

logo
प्रकाशित २०७६ कार्तिक ६ बुधबार

डडेल्धुरा । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला कारागार (सुधारगृह) भित्र पुस्तकालय स्थापना गर्ने भएको छ । कानुनी साक्षरताका लागी जिल्ला कारागारमा पुस्तकालय स्थापना गर्ने प्रेस युनियनले जनाएको छ । 

प्रेस युनियनको मंगलबार बसेको बैठकले पुस्तकालय स्थापनाका लागी पाँच हजार पाँच सय ५५ रुपैया छुुट्याएको अध्यक्ष धनबहादुर भण्डारीले बताए । विभिन्न मुद्दमा कैद भुक्तान गरि रहेकाहरु लाई कानुनी व्यवस्था बारे साक्षर गराउन पुस्तकालयको स्थापना गर्ने उनले बताए । 

कानुनी व्यवस्थाबारे बुझ्न वकिलसंग पुग्नु पर्ने अवस्था रहँदा कैद भुक्तान गरिरहेकाहरुलाई समस्या हुने भएकाले कारागार भित्रै कानुनी व्यवस्थाको जानकारीका  लागि कानुनी व्यवस्थाका पुस्तक राख्ने गरी पुस्तकालय स्थापना गर्न लागेको अध्यक्ष भण्डारीले बताए । 
 
कानुनी व्यवस्थाबारे जान्न पाउनु मौलिक हका रुपमा संविधानमा उल्लेख छ । तर पनि कैद भुक्तान गरि हेका व्यक्ति कैदमुक्त पश्चात पछि कानुन व्यवसाय संघलाई आफुलाई यिनीहरुका कारणले फसेको महसुस गरिरहन्छन् र लामो समयसम्म रिस डाहा गर्ने देखिन्छन् । त्योकुरालाई पनि कानुनी ज्ञानका माध्यमवाट हटाउन पुस्तकालय स्थापना हुन लागेको हो ।

त्यो कुरालाई मध्यस्थता गर्नका लागि कानुनी ज्ञानको जरुरी पर्दछ जसले आफु कुन कसुरमा के सजाय भोगिरहेछ भन्ने बन्दीले थाहा पाउनका लागि सुधारगृहमा कानुनी पुस्तकालय आवश्यक रहने सरकारी वकिल कार्यालयका प्रमुख प्रकाशबहादुर भण्डारीले बताए । 

बन्दी व्यक्तिहरुले कानुनका बारेमा र मौलकहकसँगै विभिन्न हिंसाका बारेमा जानकारी लिन सके उनीहरुको जीवन पछिल्लो समयमा सुखी साथ बित्ने सरकारी वकिल कार्यालय प्रमुख भण्डारीले बताए । आमजीवन निर्वाह गर्दा पनि विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेकाहरुले आफुले किन ? कतिसम्म ? कुन अपराधमा कैद भुक्तान गरिरहेको भन्ने पनि जानकारी छैन । प्रेस युनियनका अध्यक्ष भण्डारीले भने –कानुनी कुराका बारेमा र उनीहरुलाई कैद भुक्तानमा पुस्तक पढेर समय बिताउन सहज होस् भन्नका लागि पुस्तकालय स्थापना गर्न पहल थालिएको हो यसमा सबैले सहयोग गरे चाँडै डडेल्धुरा कारागारमा पुस्तकालय स्थापना हुनेछ ।’

पुस्तकालयको स्थापनाका लागि नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले अगुवाई गरेको बताउदै उनले यसमा सम्बन्धित सरोकारवाला निकाय, यस क्षेत्रमा काम गर्दै आएका संघ संस्था लगायत आम सबै लाई सहयोगका लागिसमेत प्रेस युनियन अध्यक्ष भण्डारीले आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ