arrow

जनगायक शर्माका छोराको उपचारका लागि महीना दिनको तलब

logo
प्रकाशित २०७६ कार्तिक १० आइतबार
jeeban-sharma1.jpg

तनहुँ । जनगायक जीवन शर्माको छोराको उपचारका लागि सरकार गम्भिर नभएको अवस्थामा तनहुँ क्षेत्र नं १ का सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले भने आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। 

जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृत आचार्यको उपचारमा सहयोग गर्ने उद्देश्यले सांसद श्रेष्ठले ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

जनताका पक्षमा गीत गाउने वरिष्ठ कलाकार शर्माको परिवारमाथि आइपरेको विपत्मा साथ दिन एक महीनाको तलबवापतको रकम सहयोग गर्न लागेको सांसद श्रेष्ठले जानकारी दिए । 

“जनगायक शर्माको छोराको उपचारका लागि  सरकारले पनि गम्भीर भएर सहयोग गर्नुपर्छ”, सांसद श्रेष्ठले भन्, “घोषणा गरेबमोजिमको रकम केही दिनभित्रै उपलब्ध गराउँछु ।” शर्माका छोरा अमृतको घाँटीको नलीमा जटिल समस्या देखिएको छ । जनगायक शर्माले आर्थिक अभावका कारण छोराको उपचारमा कठिनाइ भइरहेको बताए ।

सांसदमा निर्वाचित भएसँगै सांसद श्रेष्ठले आफ्नो तलबवापतको रकम जिल्लास्थित विभिन्न सङ्घसंस्थालाई उपलब्ध गराउँदै आएका छन्। सांसद श्रेष्ठले विभिन्न विद्यालय, आमा समूह, मठमन्दिर, खानेपानी योजना लगायतलाई आफ्नो तलबवापतको रकम उपलब्ध गराएक छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ