arrow

बाँके प्रहरीले चलायो गुन्डाबिरुद्धको अप्रेशन 

logo
सन्दिप योगी
प्रकाशित २०७६ कार्तिक ११ सोमबार
surakchaya-kada1.jpg

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले गुण्डागर्दी बिरुद्धको अपरेशन चलाएको छ । अभियान चलेपछि गुन्डागर्दी गर्नेहरुको सुचीनै निकाली धमाधम पक्राउ गर्दै मुद्दा चलाइएको छ ।

केही समय अघि नेपालगन्जको मुटुमा रहेको धम्बोझी चोक र बिपी चोकमा खुकुरी हानाहान भएपछि ३ जना गम्भीर घाइते भएका थिए ।

 शान्ति सुरक्षा कायम राख्न, सर्वसाधारणको सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयले गुण्डागर्दीमा लाग्नेलाई तथा आबद्द रहेकालाई पक्राउ गर्दै हिरासतमा लिएको छ ।

 प्रहरी उपरीक्षक बिरबहादुर ओली आएपछी प्रमुख जिल्ला अधिकारीसंग भएको सुरक्षा बृफिङ्गमा आउँदै गरेको नेपालीहरूको महान चाड तिहारमा कुनैपनी अपराधीक गतीबिधी हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको छ । 

त्यस्तै प्रहरीको चेक जाँच कडा भएको छ भने सिमामा ईलाका प्रहरी कार्यालय जमुनाहा, जयसपुर प्रहरी कार्यालय लगायत वडा प्रहरी कार्यालयले भारतबाट तस्करी गरि ल्याइने अबैध बिष्फोटक पदार्थ(पटाका) धमाधम नियन्त्रणमा लिएको छ भने हेल्मेट नलगाउनेलाई समेत सिमाबाट नेपाल छिर्न दिइएको छैन ।



नयाँ