arrow

पटका पड्काउँदा आगलागी भएर घर पूर्णरुपमा नष्ट    

logo
प्रकाशित २०७६ कार्तिक १३ बुधबार
fire-final.jpeg

राजविराज । पटका पड्काउने क्रममा सप्तरीको राजविराजमा मंगलबार बेलुकी ७ बजे अचानक आगलागी हुँदा रु तीन लाखको क्षति भएको छ ।

राजविराज नगरपालिका–८ स्थित हिमालय टोलमा स्थानीयवासी शिवेश सिंहको घरमा पटका पड्काउने क्रममा आगलागी भएको स्थानीयवासी शोरभ यादवले जानकारी दिए । उनको एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाइएको छ ।     
     
सो आगलागीबाट नगद, जिन्सी, भाँडाकुँडा र सरसमान जलेर नष्ट हुँदा करीब रु तीन लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा निभाइएको छ । समयमा बारुण यन्त्र नपुग्दा आगोबाट बढी क्षति भएको स्थानीयवासी यादवको भनाइ छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ