arrow

१५ किलोको अजिङ्गर भेटियो    

logo
प्रकाशित २०७६ कार्तिक १३ बुधबार
python-saptari.jpg

सप्तरी । जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा मंगलबार राति १५ किलोको अजिङ्गर फेला परेको हो ।     
     
प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयवासीले कोशी बाँधमा अजिङ्गर देखेपछि नजिकैको इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए । 

प्रहरीले अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखेका छन् । यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब सात फिट लामो र १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ