arrow

कसरी भयो बसमा आगजनी ?

logo
प्रकाशित २०७६ कार्तिक १३ बुधबार
bus-fire.jpg

काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत बनेपा नगरपालिका–१२ स्थित साँगामा बुधबार अपराह्न यात्रुवाहक बसमा आगजनी भएको छ । रोकी राखेको बसमा आगजानी भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।     
     
बा३ख ८०३४ नंको बसमा आगजनी भएको प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । उनका अनुसार केही महीनादेखि यात्रुविहीन अवस्थामा रोकिराखेको बसमा आगजनी भएको हो । 

आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाबारे छानबिन शुरु गरिएको इप्रका बनेपा प्रनि भट्टराईले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ