arrow

मुसिकोटमा पिकअप जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते 

logo
कौरव खत्री, 
प्रकाशित २०७६ कार्तिक १३ बुधबार

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ९ अर्लाङकोटमा पिकअप जिप दुर्घटना हुदा २ जनाको मृत्यु ३ घाइते भएका छन् ।

सोही वडाको पाँणथोकबाट ददल्का जाँदै गरेको लु १ च ३५१४ नम्बरका पिकअप भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि एक पुरुष र एक महिलाको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा घाइते हुनेहरुमा मुसिकोट नगरपालिका ७ वामीका भानुभक्त पौडेल, बिष्णु बिक, छोरी सोनीया विक रहेका छन् । 

घाइते भएका सबैलाई उपचारको निम्ति बाग्लुङ्गको हटिया पठाइएको छ । घटनास्थलमा हटियाबाट प्रहरीको टोली पुगेको जनाएको छ । दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको बताइएको छ ।

पिकअप जिप मोटरबाटोदेखि करिव ३ सय मिटर तल खसेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ