arrow

खानेपानीको स्रोत छ, व्यवस्थापन छैन पाठेखोलामा

उपप्रमुख जनताका समस्या सुन्न टोलटोलमा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
waling-pani-gunaso.jpg

स्याङ्जा । खानेपानीका स्रोत नभएर कति ठाँउमा लिफ्टिङ् सिस्टम प्रयोग गरेर खानेपानीको जोहो गर्दै आएका छन् । तर वालिङ नगरपालिका १३ पाठेखोला गाँउमा खानेपानीको स्रोत भएर पनि व्यवस्थापनको कठिनाईले खानेपानीको समस्या झेल्न बाध्य छन् स्थानीयवासीहरु ।

उपप्रमुख कल्पना तिवारी पाठेखोला गाँउमा पुग्दा स्थानीयले तत्कालिन तिनदोवाटे गाविस हुँदा होस वा वडा हुँदा होस व्यवस्थापनको माग गरेपनि गुनासो सुनुवाई नभएको बताए । पाठेखोला गाँउमा करिव ९० घरधुरी रहेका छन् । प्रसस्त पानीको सम्भावना भएर पनि व्यवस्थापनको कठिनाईले उक्त घरधुरीले खानेपानीको समस्या झेल्न परेको गुनासो उपप्रमुख तिवारीलाई स्थानीयले पोखे । जहिलेपनि डोकोमा गाग्री बोकेर खानेपानी लिन जानुपरेको स्थानीय सावित्रा पाठकले उपप्रमुख सगँ गुनासो पोखिन ।

स्रोत नभएका ठाँउमा खानेपानीको समस्या नदेखिएको तर हामीकहाँ पानीको स्रोत भएर पनि खानेपानीको समस्या हुदै आएको गुनासो पाठकको थियो ।  दैनिक आवश्यक पर्ने खानेपानीबाट बन्चित हुनुपर्ने पाठेखोलावासीका लागि दुखद भएको उनले बताईन् । पाठकले खानेपानी समस्या सगै कृषिको पकेट क्षेत्र भएर पनि अनुदानमा प्रथामिकतामा नराखेको दुखेसो व्यक्त गरिन् । सक्कली किसान अनुदानबाट बन्चित छन् पाठकले भनिन्,“नक्कली किसानले कागतजात मिलाएर अनुदान पाउछन् ।” यस्ता किसानहरुबाट सावधान रहन पनि उनले उपप्रमुख माझ सुझाईन् ।
 उनी मात्रै गुनासो व्यक्त गर्ने महिला होइनन् उनी लगायत धेरै महिलाहरुले उपप्रमुख सगँ खानेपानीको व्यवस्थापन मिलाईदिन आग्रह गरे ।

महिलालाई नै बढी खानेपानीको जोहो गर्नुपर्ने अवस्थामा उपप्रमुख पनि महिला भएका कारण हाम्रो गुनासो तत्काल लागु गर्न उनीहरुले आग्रह गरे । खानेपानी मात्रै नभएर सडक, विद्यालय, मन्दिर, सहकारी लगायतका बिषयमा गुनासै गुनासोको पोका स्थानीयले उपप्रमुख सगँ खोलेका थिए । जनताका प्रतिनिधि भएर जनताको गुनासो सम्वोधन हुदैन भने हामीले ल्याएको लोकतन्त्र कस्तो हो स्थानीयले प्रतिप्रश्न गर्दै आफ्ना समस्या निर्धक्कका साथ राखेका थिए । स्थानीय होमकान्त गौतम, यज्ञप्रसाद पाठक, पुर्णचन्द्र गौतम लगायतले पाठेखोलाको गहनाको रुपमा रहेको विद्यालय, दुग्ध सहकारी र मन्दिरको व्यवस्थापनका लागि नगरपालिकाले पहल गर्नुपर्ने सुझाव दिएका थिए । वडाले पनि चासो नदिने र नगरपालिकाले पनि चासो नदिने यो पाठेखोलावासीको सरकारी आवश्यकताका लागि जाने ठाँउ देखाईदिन पनि उनीहरुले माग गरे ।

जनताको समस्यालाई सम्वोधन गर्दै उपप्रमुख तिवारीले हरेक आर्थिक बर्षमा बजेट विनियोजन गर्दा आफ्ना आवश्यकतालाई वडा स्तरीय भेला मार्फत पठाउन आग्रह गरिन् । खानेपानी र सडकको राम्रो व्यवस्थापन गर्नका लागि तुरुन्तै इन्जिनियर खटाएर काम गर्ने प्रतिवद्धता उपप्रमुख तिवारीको थियो । हामी जनताका सेवक हौ उपप्रमुख तिवारीले भनिन्,“जनताको समस्याको समाधान गर्नकै लागि तपाईहरुले हामीलाई पठाएको हो ।” तपाईहरुका समस्या कार्यालयमा भन्दा जनताकै माझमा गएर सुन्नु पर्छ भन्ने उदेश्य राखेर तपाईहरुको गाँउमा आएको हो उनले भनिन् ।

नगरपालिकाको सिमित श्रोत साधनले विकासका काम गर्नुपर्ने अवस्था छ तिवारीले भनिन्,“माग धेरै बजेट कम भएकाले जनताको आवश्यकता पुर्ती गर्न कठिनाई छ ।” नगरपालिका र नगरवासी मिलेर नै नगरपालिकाको विकासमा साझेदारी गर्नु आवश्यक छ उनले भनिन् । स्थानीयतहको निर्वाचन भएको करिव तिन बर्ष पुग्न थालेको छ तर जनताको आवश्यकता भने ज्युका त्यु रहेको देखिन्छ । वालिङ नगर उपप्रमुख तिवारी बेला बेलामा वडा, वडा र टोल टोलमा पुगेर जनताको समस्या र गुनासो सुन्ने प्रयासले पनि जनताले राहत महशुष गरेको पाईन्छ । नगरिकका सामान्य आवश्यकता प्रति हरेक स्थानीयतहका जनप्रतिनिधिले यसरी चासो देखाउन सके जनतामा सकरात्मक सन्देश पैदा हुने विश्वास सर्वसाधरणको छ ।

 कागजीरुपले विकासका काम टेवल पुगेर भन्दा जनप्रतिनिधि जनता माझ पुगेर समस्याको समाधान गर्न सके जनताले गणतान्त्रिक मुलुकको परिकल्पना र परिवर्तनको महशुष गर्न सक्नेछन् भन्ने सन्देश प्रवाह हुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ