arrow

वनभोज खाएर फर्कँदै गरेको बस दुर्घटना

logo
प्रकाशित २०७६ कार्तिक १६ शनिबार
accident-final.jpeg

सुर्खेत । कटकुवाबाट वनभोज खाएर फर्कँदै गरेको बस वीरेन्द्रनगर–६ घण्टाघरचोक नजिक शनिबार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार वनभोज खाएर बाँकेको कोहलपुरतर्फ जाँदै गरेको भे१ख २९१७ नङको बसको ब्रेक फेल गई दुर्घटना भएको हो ।     
     
दुर्घटनामा नेपालगञ्ज उपमहानगरपालिका–१९ कन्ठीपुरका १५ वर्षीया लीला बुढाथोकी, १५ वर्षीय आकाश थापा क्षेत्री र १९ वर्षीय नरेन्द्र उपाध्याय घाइते भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । 

घाइतेमध्ये उपाध्यायको वीरेन्द्रनगरस्थित माया नर्सिङहोम र अन्य दुईको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । बसको ब्रेक फेल भई सडक किनाराको रुखमा ठोक्किन पुगेको थियो ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ