arrow

तीन स्थानीय तहमा आइतबार छठको सार्वजनिक बिदा 

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
chhat_(2).jpg

परासी । सद्भाव, समानता र एकताको प्रतीकको रूपमा उल्लासका साथ मनाइने छठपर्वको अवसरमा आइतबार पश्चिम नवलपरासीका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको रामग्राम नगरपालिका, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाले आइतबार स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।     
     
नेपाल सरकारले छठपर्वको दिन सार्वजनिक बिदा दिँदै आए पनि यस वर्ष छठपर्वको मुख्य दिन शनिबार परेको थियो । आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ समापन भएको छ । तर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रतालुहरु रातभर जाग्राम बसेको तथा यस पर्वमा ३६ घण्टा व्रत बसेका व्रतालुलाई एक दिन आरामका लागि बिदा गरिएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।
     
स्थानीय तहले बिदा दिन पाउने अधिकारलाई प्रयोग गर्दै तराईवासीले उत्साहका साथ मनाउने छठपर्वका अवसरमा एक दिन बिदा दिइएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिए । 

जिल्लाको सदरमुकाम परासीस्थित झरही नदी किनारलगायत जिल्लाका सातै स्थानीय तहमा रहेका नदी, तलाउ, पोखरीमा अस्ताउँदो र उदाँउदो सूर्यलाई अघ्र्य दिएर छठपर्व मनाइएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ