arrow

शुनकोशी गाउँपालिकाद्वारा कैदी बन्दीलाई टीभि

logo
जीवन शर्मा,
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
jail-tv.jpg

ओखलढुंगा। जिल्ला कारागार ओखलढुंगामा कैद भूक्तान गरिरहेका कैदी बन्दीहरुका लागि शुनकोशी गाउँपालिका ओखलढुंगाले टेलिभिजन उपलब्ध गराएको गरेको छ। गाउँपालिका प्रमुख रुद्र प्रसाद अधिकारीले कैदी बन्दीहरुलाई समाचार हेर्नका लागि सहज होस भनेर आज टेलिभिजन हस्तान्तरण गरे।

लामो समय देखि विभिन्न मुद्धामा सजाए पाएर कानुन कार्यन्वायन गरिरहेका तथा पूर्पक्षका लागि थुनामा रहेका कैदी बन्दीहरुबाट टेलिभिजनको अभावमा सञ्चार तथा सूचनाबाट टाढा रहनु परेको भन्ने गुनासो आएपछि समाचार हेर्नका लागि टेलिभिजन उपलब्ध गराएको अधिकारीले बताए।

सूचना र सञ्चारको युगमा कोही पनि सूचनाको पहुँचबाट टाढा हुनु नपरोस र कैदी बन्दीहरुले सञ्चार माध्यामबाट देश विदेशका विभिन्न जानकारीमूलक समाचारहरु हेरेर कैद भूक्तान पछि घर फर्कदा पनि समाजमा सकारात्मक सन्देश लिएर जाने सोचको विकास गराउनका लागि टेलिभिजन उपलब्ध गराएको उनको भनाइ छ।

त्यस्तै कारागारमा सञ्चारको पहुँच बृद्धिका साथै विद्युत नभएको समयमा पनि समाचार सुन्नका लागि भन्दै जिल्ला समन्वय समितिका सदस्य होम बहादुर विकले एक थान रेडियो सेट उपलब्ध गराए। देशमा भैरहेका विविध गतिविधि, कानुनी जानकारी, राजनीति परिवर्तन, सामाजिक परिवेश लगाएतका विषमा  जानकारी राख्न्का लागि सूचनाको पहुँचबाट टाढा रहेको कारागारमा टेलिभिजन तथा रेडियो प्राप्त भएपछि कैदी बन्दीहरुमा खुसी छाएको छ।

कार्यक्रमकै अवसरमा जिल्ला समन्वय समितिका प्रमुख जय बहादुर श्रेष्ठले कैदी बन्दीहरुको पिउने पानी व्यवस्थापनका लागि २ थान गाग्री उपलब्ध गराएका छन्। कारागारमा पिउने पानीको समस्या देखिएकाले धारामा आएको समयमा पानी थापेर भण्डारण गर्न लागि आफुले व्यक्तिगत रुपमा २ वटा गाग्री उपलब्ध गराएको प्रमुख श्रेष्ठले बताए।

कार्यक्रममा बोल्दै उनले सञ्चारको युगमा सूचना पाउने हकको प्रत्याभूति गराउदै कैदीबन्दीहरुलाई टेलिभिजन उपलब्ध गराएकोमा शुनकोशी गाउँपालिका प्रमुख रुद्र अधिकारीलाई धन्यवाद व्यक्त गर्दै कैदी बन्दीहरु अव सूचनाको पहुँचबाट टाढा हनु नपर्ने अवस्था आएको बताए। सञ्चार साधन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले ओखलढुंगा कारागार भित्रको अवस्था विस्तारै व्यवस्थित हुँदै गएको भन्दै सहयोगि हातहरुको उच्च प्रशंसा गरे।

पछिल्लो समयमा सुधारगृहका रुपमा लिइएको कारागारमा कैद भुक्तान गर्दै गरेका कैदी बन्दीहरु घर फर्कदा उनिहरुको क्षमता तथा व्यक्तित्व विकासमा सूचना तथा सञ्चारका साधनहरु र विभिन्न विषयका पुस्तकहरुले ठुलो परिवर्तन ल्याउने आचार्यले बताए। कारागार भित्रको अनुभव, त्याहा बस्ता गरिएका अध्यान तथा मेहनतले घर फर्केर जादै गर्दा समाजमा राम्रो प्रभाव राख्न सक्ने क्षमताको विकास हुँने भएकाले सबै कैदी बन्दीहरुलाई त्यसतर्फ ध्यान उनले आग्रह गरे।

टेलिभिजन, रेडियो र पानी पिउनका लागि गाग्रोपाएपछि ६३ जना कैदी बन्दीहरुमा निकै खुसी छाएको कारागारका नाइके नवराज बस्नेतले जानकारी बताए। २५ जना क्षमता भएको ओखलढुंगा कारागारमा अहिले ५६ पुरुष र ७ महिला कैदी बन्दीहरु रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ