arrow

 काभ्रेमा वडाध्यक्षको उम्मेदवारसमेत छान्न सकस     

logo
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
Dhulikhel_Nagarpalika.png

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस काभ्रेपलाञ्चोकलाई एक स्थानीय तहमा वडाध्यक्षको उम्मेदवार छान्न निकै सकस परेको छ । धुलिखेल नगरपालिका–२ का लागि दुई हप्तादेखिको छलफलले नेकपा र काङ्ग्रेसले वडाध्यक्षको उम्मेदवारबारे कुनै निष्कर्ष निकाल्न सकेको छैनन् ।     
     
 नेकपाका जिल्लाध्यक्ष रुकु चौलागाईले यसबारे पार्टीको जिल्ला नेतृत्व र स्थानीय नेता गम्भीर छलफलमा जुटेकाले यो हप्तासम्ममा वडाध्यक्षको उम्मेदवार टुङ्गो लगाइने बताए । “निर्वाचित हुने पक्का भएको स्थानमा उम्मेदवार छान्न सकस नै हुन्छ”, उनले भने । 

 नेकपाका चार जनाले वडाध्यक्षको उम्मेदवारीमा दावी गर्दै आएको अध्यक्ष चौलागाईले बताए । हालसम्म नेकपा स्थानीय तह नगर र गाउँ कमिटी गठन नहुँदा जिल्ला कमिटी नेतृत्वले नै वडाध्यक्षको उम्मेदवार छान्न छलफल चलाउँदै आएको हो । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा १६५ वडा छन् ।     
     
 तत्कालीन निर्वाचित वडाध्यक्ष राजन कोइरालाको उपचारका क्रममा २०७४ भदौ १० गते मृत्यु भएको थियो । निर्वाचित भएको तीन महिनापछि अर्थात् विंसं २०७४ भदौ ४ गते साँझ घर नजिकै अज्ञात समूहको आक्रमणबाट टाउको र छातीमा गम्भीर चोट लागि अचेत भई लडिरहेको अवस्थामा भेटिएपछि उनलाई उपचारार्थ अस्पताल लगिएको थियो ।     
     
 प्रमुख प्रतिद्वन्द्वीका रुपमा नेपाली काङ्ग्रेसबाट गत निर्वाचनमा वडाध्यक्षमा पराजित बलराम कोइरालालगायत तीन जनाले वडाध्यक्ष उम्मेदवार आकांक्षी देखाएपछि काङ्ग्रेसको धुलिखेल नपा–२ वडा समितिले क्षेत्रीय समिति हुँदै जिल्ला समितिलाई सिफारिस गरेको छ । “वडाध्यक्षको उम्मेदवारबारे अब जिल्ला कार्य समितिले चयन गर्नेछ”, काङ्ग्रेस ४ नम्बर क्षेत्रीय सभापति महेश खरेलले भने । 
     
 निर्वाचन आयोगले स्थानीय तहमा उपनिर्वाचनका उम्मेदवारका लागि कात्तिक २७ गते र २९ गते अन्तिम नामावली प्रकाशन तथा आउँदो मङ्सिर १४ गते मतदानको कार्यतालिका तय गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ