- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कावासोती । नवलपुरको देवचुलीमा भएको सबारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार बुधबार राति देबचुली १७ फाराम चोकमा बोलेरो जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सबार दुईजनाको ज्यान गएको हो ।
प्रहरीका अनुसार नम्बर नखुलेको सेतो रंगको बोलेरो जिपले लु ४१ प २९३९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पा पोखराचोक बस्ने २२ बर्षका राजेश नेपाल रहेका छन् । अर्का एकजना को सनाखत भएको छैन ।
दुबै जनाको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सनाखत नभएका ब्यक्तिको साथमा मुक्तिनाथ बिकास बैंकको आशिष चौधरीको नाममा रहेको एटिम कार्डन भेटिएको र त्यस बारे बुझ्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यलय नवलपुरको नियन्त्रण कक्ष ले जानकारी दिएको छ ।
जिप चालक जिप सहित फरार रहेको र उनको खोजी कार्य भैरहेको प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।