arrow

पाल्पामा चिच्याएर बर माग्ने सत्यवती मेला तीन दिनसम्म चल्ने

logo
सीता डोटेल,
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
satyawoti.jpg

पाल्पा । नेपालकै अनौठो मानिने चिच्याएर बर माग्ने पाल्पाको सत्यवती मेला आगामी कात्र्तिक २४ देखि ३ दिनसम्म लाग्ने भएको छ । कात्तिके पुर्णिमाको अबसरमा प्रत्येक बर्ष ३ दिनसम्म यहाँ ठुलो मेला लाग्दै आएको छ । यही कात्र्तिक २४, २५ र २६ गते लाग्ने मेलाको तयारी अन्तिम चरण्मा पुगेको मेला मुल आयोजक समितिका संयोजक तिल बहादुर रानाले जानकारी दिए ।

 यहाको सत्यवती मन्दिरमा चिच्याउदै तीन फन्को घुमी बाँसको लिङ्गो तालमा गाडेर सत्यवती मन्दिरमा पुजा गरियो भने मनोकामना पुरा हुन्छ भन्ने जनबिश्वास छ । यस वर्ष जोग परेकाले सत्यवती मेला भर्न आउने श्र्रदालु भक्तजन बढ्ने अनुमान गरेकोले तयारीलाई चुस्त बनाइएको रानाले बताउनुभयाये । मेला अवलोकनका साथै दर्शनको लागि आउने भत्तजनको सुरक्षाको लागि सुरक्षा ब्यास्था र भिडभाड नियन्त्रणको लागि पास भएका मोटरसाईकल बाहेक अन्य कुनै पनि सवारीसाधनलाई प्रवेशमा रोक लगाईने भएको छ । मन्दिरमा ३ दिनसम्म विहान दिउँसो र राती २४ सैं घण्टा हजारौं भक्तजनका बिच पुजा अर्चना हुने गर्दछ । झन्डै ३ लाख श्रद्धालु भक्तजनहरुले सत्यवती बजैको दर्शन गर्ने अनुमान मन्दिर व्यवस्थापन समितिको छ ।

धार्मिक पर्यटनको प्रचारप्रसार र विकासको लागि सत्यवती मेला सार्थक बन्दै आएको तीनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताए । सत्यवती वजैले कान नसुन्ने भएका कारण चिच्याएर बर माग्दा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहिआएको छ । यसरी चिच्याई चिच्याई बर माग्ने नेपालकै एक मात्र धार्मिक स्थल सत्यवती मन्दिर हो । भक्तजनहरुको घुइचोलाई व्यवस्थापन गर्न मन्दिरमा सवारी साधन प्रवेशमा रोक लगाईएको सचिव लाल बहादुर दर्लामीले बताए ।

बोली नफुट्ने बालबालिकालाई त्यहा लगेर सोही बर माग्यो भने बोल्ने, प्रेमीले प्रेमीका र पे्रमीकाले प्रेमी पाउने विश्वासमा  चिच्याएर बर माग्ने गर्दछन् । यहाँको परम्परा र धार्मिक बिश्वास देखेर धेरै मानिस अचम्म हुने गर्दछन् । नयाँ आउनेहरु दंग पर्दै चिच्याउछन् । धार्मिक महत्व कै कारण पाल्पाका बिभिन्न स्थान साथै छिमेकी जिल्ला स्याङ्गजा गुल्मी अर्घाखाची नवलपरासी रुपन्देही कपिलबस्तु दाङ्ग कास्की काठमाडौ लगायत भारतका गोरखपुर लखनऊ नौतनहवाबाट समेत यहाँ मेला भर्न र पुजाआजाको लागि भत्तजन आउने गर्दछन् । भिजिट नेपाल २०२० नजिकिदै गर्दा पाल्पाको बिभिन्न स्थानमा लाग्ने मेलाले पाल्पाको ऐतिहासिक एवं धार्मिक क्षेत्रलाई अन्तराष्ट्रिय क्षेत्रमा समेत चिनाउन मद्धत गर्ने बिश्वास पाल्पालीले लिदै आएका छन् ।

भाकल अनुसार मन्दिरमा पुजा गर्ने, परेवा उडाउने, बोका, हाँस, राँगा लगायतका पशुहरुको वली दिने चलन छ । तीनाहुँ झुम्साको पानीमिलबाट करिव ६ किलोमिटर तथा चौविसमाइलबाट उकालो हिडेर सत्यवती मन्दिर पुग्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ