arrow

प्रहरीले चोरीको मोटरसाइकल फेला पारी बुझायो धनीलाई 

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
police-bharat-bahadur-bk.JPG

काठमाडौं । नेपाल प्रहरीले चोरी भएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । असोज २१ गते काठमाडौंको मैजुवहाल चावाहिलस्थित पार्किङ गरी राखेको अवस्थामा हराएको मोटरसाइकल महानगरीय प्रहरी वृत्त कमलपोखरीले फेला परी सम्बन्धित धनीलाई शनिबार बुझाएको हो । 

कार्तिक ३ गते राति ९ः३० बजे हाडीगाउँस्थित रमाइलो चोकमा बा ९१ प १५७१ नं को आरटीआर मोटरसाइकल सवारी साधन नियमित चेकजाँचको क्रममा शंकास्पद रुपमा फेला पारी अनुसन्धान गर्दै जाँदा उक्त मोटरसाईकल चोरी भएको पत्ता लागेको र चोरीमा संलग्न व्यक्तिहरु फरार रहेकोले खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

मोटरसाइकल सम्बन्धित धनी रोशनकुमार शाहलाई शनिबार महानगरीय प्रहरी वृत्त कमलपोखरीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भरतबहादुर बिकले हस्तान्तरण गरे । शाहले आफ्नो हराएको मोटरसाइकल फेला पारी प्रहरीले फोन सम्पर्क गरी बोलाउँदा खुशी लागेको भन्दै नेपाल प्रहरीलाई धेरै धेरै धन्यवाद दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ