arrow

साँवा खोला सडक पुलको शिलान्यास

logo
जितेन्द्र भण्डारी,  
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
pull_photo_1.jpg

पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर १ साँझे र कुम्मायक गाउँपालिका वडा नम्बर १ विजयटारमा निर्माण गर्न लागिएको साँवा खोला सडक पुलको शनिबार शिलान्यास गरिएको छ ।

मौवा—जोरसाले—यासोक—फिदिम सडकखण्डमा निर्माण गर्न लागिएको पुलको संघिय सांसद बसन्त कुमार नेम्बाङले शिलान्यास गरेका हुन् । यो पुलको शिलान्यास गर्दे सांसद नेम्बाङले पुल बनेपछि त्यस ठाउँमा बाह्रैमास सवारी आवतजावत गर्न तथा स्थानियलाई यात्रा गर्न सहज हुने बताए । 

कार्यक्रममा बोल्दै जनप्रतिनिधीहरु कुम्मायक गाउँपालिका प्रमुख जयबहादुर चेम्जोङ, तुम्बेवा गाउँपालिका प्रमुख होमनाथ थापा, कुम्मायक गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष देवेन्द्र लावती, तुम्बेवा गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष कमल थापा, तथा विभिन्न राजतिनीक दलहरु लगायतले बोल्दै यो पुल बनेपछि यस क्षेत्रका जनतालाई धेरै सहज हुने र पुल समयमै सम्पन्न गर्न आयोजनाको जिम्मा लिएको निर्माण ब्यवसायीलाई आग्रह गरे । 

पूर्वाधार विकास कार्यालय पाँचथरको ६ करोड ४० लाख ५८ हजार ४ सय ६६ रुपैयाको लगानीमा निर्माण गर्न लागिएको पुल आगामी ०७७ चैत्र ४ (डेढ वर्ष) भित्रमा सक्नुपर्नेछ ।

 मैनाचुली निर्माण सेवा प्रा.लि.दमक झापाले निर्माण गर्न लागेको पुलको प्राविधिक सहयोग स्थानिय सडक पुल सहयोग इकाई,मानभवन ललितपुरले गरेको छ ।

 यो पुल नहुँदा अहिले पनि वर्षादको समयमा यो सडकमा सवारी आवतजावात गर्न समस्या छ । यो पुल बनेपछि बाहै्रमास आवतजावत गर्न सहज हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ