arrow

करेन्ट लागेर गैंडाकोटमा मतिराम महतो थारुको मृत्यु

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
Death-body-nepali-simbol.jpg.jpeg

कावासोती। नवलपुरको गैंडाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। गैडाकोट नगरपालिका १० मा शनिबार ना २ ख ९०७८ नम्बरको पराल बोकेको ट्रकमा करेन्ट लागेर मध्यविन्दु नगरपालिका ६ का २४ बर्षीय मतिराम महतो थारुको मृत्यु भएको हो ।

पराल बोकेको ट्रक माथी बसेका महतोलाई बिजुलीको नाङो तारले छुँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीको भनाई छ । ट्रक चालक फरार रहेको र उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ