arrow

'गो ब्याक इन्डिया' भन्दै गौरादह क्याम्पसका विद्यार्थी सडकमा

logo
युबराज रेग्मी,
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
gauradaha2.jpg

झापा । भारतीय सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय राजनीतिक नक्सामै समाबेश गरि आफ्नो भुमी भनी दाबी गरेपछि नेपालमा  दिनानुदिन बिरोधका आवाज उठ्ने क्रम जारी छ ।

यता झापा जिल्लाको गौरादह नगरपालिकाको गौरादह बहुमुखी क्याम्पस र गौरादह कृषि क्याम्पसका विद्यार्थी हरुले सोमबार बिहान संयुक्त बिरोध जुलुस निकाली भारतको कदमको बिरोध गरेका छन । क्याम्पस परिसरबाट संयुक्त रुपमा निकालिएको जुलुस  गौरादह बजार परिक्रमा गरि डिपु चोकसम्म पुगेको थियो ।

यसैगरि कार्तिक २३ गते शनिबार पनि भारतीय सरकारको बिरोध स्वरुप नागरिक समाज  गौरादहको आयोजनामा गौरादहको डिपुचोकबाट निस्किएको बिरोध जुलुस गौरादह बजार पुगि बजार परिक्रमा गरि कोणसभामा परिणत भएको थियो ।

कोणसभामा अधिकांश बक्ताले नेपालको हरेक अभिभाज्य भुमीलाई कुनैपनी हालतमा हत्याउन नदिने उद्घोष गरेका थिए ।  भारत सरकारले सिमाक्षेत्र अतिक्रमित गरि राखिएका भारतीय सेना अबिलम्ब फिर्ता लैजान समेत अनुरोध गरेका थिए ।

भारतसँग सिमाना जोडिएको पुर्वी जिल्ला झापाबाट दैनिक रुपमा सशक्त आवाजहरु उठिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ