arrow

नाँवा खोला पक्कीपुलको शिलान्यास

logo
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
nawa-river-bridge.jpg

पाँचथर। पाँचथरको गुम्बाटार, कुखरेटार, हाङगुम, मौवा जोड्ने सडक अन्र्तगत नाँवा खोला पक्की पुलको सोमबार शिलान्यास गरिएको छ। पूर्वाधार विकाश कार्यालय पाँचथरको ५ करोड ९० लाख १२ हजार १ सय ७४ रुपैयाको लगानीमा पुलको शिलान्यास गरिएको हो।

शिलान्यास तुम्बेवा गाउँपालिका प्रमुख होमनाथ थापा र मिक्लाजुङ गाउँपालिका प्रमुख अमरराज माखिमले गरेका हुन्। शिलान्यास पछि बोल्दै उनीहरुले यो पुल आयोजनाको जिम्मा लिएको निर्माण ब्यवासायीले समयमै बनाउन सके यस क्षेत्रका जनतालाई राहात हुने बताएका थिए।

कार्यक्रममा पूर्वाधार विकास कार्यालय, पाँचथरको इन्जिनियर ललित चौधरी, निर्माण व्यसायी शैलेन्द्र कुमार कुरुम्बाङ,प्राविधिक अधिकृत टीकाराम लिम्बू, सब ईन्जिनियर ठगेन्द्र प्रसाद बराल, यातायात पूर्वाधार निर्देशनालयको इन्जिनियर कुलानन्द चौधरी, चिदकग संयोजक मनकेश्वर ठाकुर, लगायतले पुल समयमै बन्ने विश्वास ब्यक्त गरेका थिए।

गत असोज ६ गते सम्झौता शुरु भएको उक्त पुल डेण वर्ष अर्थात आगामी ०७७ चैत्र ५ गते निर्माण गरी सक्नुपर्नेछ। पुलको निर्माण गर्ने जिम्मा याक्थुहाङ एसएस संजिव निर्माण सेवा जेभीले पाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ