arrow

नेकपाका वडाध्यक्षका दुई दावेदार सहित १० जना कांग्रेसमा प्रबेश

रामेछाप उमाकुण्ड प्रितिमा कांग्रेसलाई फाइदा

logo
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
Nepali-Congress-Party-Flag.jpg.jpeg

रामेछाप। मंसिर १४ मा हुने स्थानीय निकायको उप निर्वाचनका लागि पार्टीले वडाध्यक्षको टिकट नदिएको भन्दै नेकपाका २ वडाध्यक्षका दावेदार नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

जिल्लाको उमाकुण्ड गाउपालिका वडा नं ५ प्रितिको वडाध्यक्षका लागि हुन लागेको उप निर्वाचनमा नेकपाले टिकट नदिएको भन्दै वडाध्यक्षको टिकटका दाबेदार पदम बहादुर तामाङ र चित्र बहादुर तामाङ सोमबार नेपाली कांग्रेसमा प्रबेश गरेका छन्। दुबैलाइ गाउ इकाइ कमिटीले वडाध्यक्षका उम्मेदवारका लागि सिफारिश गरेर जिल्ला कमिटीमा पठाएको थियो । 

नेकपा जिल्ला कमिटीले वडाध्यक्षमा कुल बहादुर बस्नेतको नाम सिफारिश गरेपछि असन्तुष्ट रहेका वडाध्यक्षको टिकट दावेदार २ जना तामाङ नेता सहित १० जना एकैसाथ नेपाली कांग्रेसमा प्रबेश गरेको नेपाली कांग्रेस रामेछापले जनाएको छ ।

पार्टीमा रहि विगतमा एमालेका नाममा १५ बर्ष ठूलै संघर्ष गरियो तर पार्टीले मूल्यांकन नगरेकोले अबको राजनैतिक यात्रा कांग्रेसमा रहेर अघि बढाउने निर्णय सहित कांग्रेसमा प्रबेश गरेको पदम बहादुर तमााङले बताए । पार्टीले योगदान देखेन अवको निर्वाचनपछि आउने परिणामले नतिजा देखिने तामाङ बताउछन ।

आफुहरु आसन्न निर्वाचनमा कांग्रेसको उमेदवारलाई जिताउन लागि पर्ने र भोलिका दिनमा पनि कांग्रेसमा रहेर सक्रिय राजनीति गर्ने तामाङद्वयले बताए ।

उक्त वडामा नेपाली कांग्रेसले भने सावित्री सुनुवारलाई वडाध्यक्षमा टिकट दिएको छ । सो वडामा यसअघि एमालेबाट निर्वाचित वडाध्यक्ष कुविर खत्रीले कोसीमा हामफालेर आत्महत्या गरेका कारण पुन निर्वाचन हुन लागेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ