arrow

महिला कर्मचारी कुट्ने वडाध्यक्षलाई पाँच दिन हिरासतमा राख्न म्याद

logo
कर्ण कुँवर,
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
chabilal.jpg

टीकापुर,। कैलालीको मोहन्याल गाउँपालिकाको वडा कार्यालयकी महिला कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरी खोरमा पुगेका वडाध्यक्षलाई हिरासतमा राखी अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको छ। उनलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डीएसपी दक्षकुमार बस्नेतले दिएको जानकारी अनुसार मोहन्याल गाउँपालिका वडा नं.–५ का वडाध्यक्ष छविलाल हौजाली मगरलाई प्रहरीले सोही वडा कार्यालयकी अपाङ्ग एकल महिला कर्मचारी तुलसरा सिजालीमाथि कुटपिट र दुव्र्यवहार गरेको आरोपमा पक्राउ अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको हो।

डीएसपी बस्नेतका अनुसार वडाध्यक्ष मगरमाथि सार्वजनिक हित विरूद्धको कसुर अन्र्तगत मुद्दा दर्ता भएको छ। वडाध्यक्ष मगरले ती महिला कर्मचारीलाई गत सोमबार कटौंजेस्थित वडा कार्यालयको एक कोठाभित्र थुनेर लठ्ठीलठ्ठीले निर्घात कुटपिट गरेको आरोप पीडित महिलाले लगाएकीछिन्।

समाचार स्रोतका अनुसार वडाध्यक्षले वडामा सङ्कलित राजश्व रकम माग्दा भपाई विना दिन नसकिने तुलसराले अडान लिएपछि आक्रोशित मगरले तुलसरालाई जागिरबाटै हटाउन यस अघि गाउँ कार्यपालिका बैठकमा प्रस्ताव समेत लगेका थिए।

कार्यपालिका बैठकले एकल अपाङ्ग महिलालाई हटाउन नसकिने बताएपछि वडाध्यक्ष आक्रोशित हुँदै आएका थिए। गाउँ कार्यपालिकाको बैठकमा समेत मदिरा सेवन गरेर जाने गरेका वडाध्यक्ष मगर वडा कार्यालयमा समेत मदिराले लठ्ठिरहने गरेको एक स्थानीयवासीले बताएका छन्।

स्थानीय निर्वाचनमा पूर्व माओवादीबाट निर्वाचित मगर हाल नेकपा मोहन्याल गाउँ कमिटीका सदस्य समेत हुन्। इलाका प्रहरी कार्यालय सुखडले वडाध्यक्ष मगरलाई मङ्गलबार धनगढी पुगाएको हो। अभियोग पुष्टि भए वडाध्यक्ष मगरलाई १ वर्षको कैद वा १० हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको डीएसपी बस्नेतले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ