arrow

सिके राउतको जनमत पार्टिबाट मण्डल वडाध्यक्षको उमेदवार

logo
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
chanadev-ckrahut.jpg

रंगेली । मधेशलाई अलगै देश बनाउनु पर्ने गतिविधि संचालन गर्दै आएका सिके राउतको नेतृत्वको समुह पछिल्लो समय राजनैतिक मुलधारमा आएसंगै स्थापना गरेको जनमत पार्टिले मोरङको धनपालथान गाँउपालिका हुन लागेको उपनिर्वाचनमा आफ्नो उमेदवार खडा गरेको छ ।

धनपालथान गाँउपालिकामा रित्त रहेको वडा नं.२ को वडाध्यक्ष पदका लागी स्थानिय ५० वर्षिय चनरा देवी मण्डललाई उमेदवारको रुपमा खडा गरेको छ । मनोनयन दर्ताको अन्तिम समयमा जनमत पार्टिले धनपालथान गाँउपालिका कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी दिन पुगेका थियो । मण्डलको उमेदवारीमा  उनको प्रस्ताबकमा रधुनाथ साह र समर्थकमा भागो देवी गनगाई बसेकी छिन् ।

उनको उमेदवारी दिनका लागि जनमत पार्टिका आधा दर्जन नेताहरु समेतसंगै पुगेका थिए ।  रिक्त रहेको वडाध्यक्ष पदको लागि नेकपा, नेपाली कांग्रेससहित ७ पार्टिले उमेदवारी दिएका छन् । तत्कालिन एमालेबाट बिजयी वडाध्यक्ष बलराम मण्डल भगतको २०७५ बैशाखमा मृत्यू भएपछि सो पद खाली रहदै आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ