arrow

धनपालथान गाँउपालिकाको वडाध्यक्षमा ७ दलको उम्मेदवारी

logo
किरण न्यौपाने,
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
dhanpal.JPG

रंगेली । मोरङको धनपालथान गाँउपालिकामा उपनिर्वाचनको चुनावी रौनक बढेको छ । गाँउपालिकामा रिक्त एक वडाध्यक्ष पदका लागि ७ पार्टीले उम्मेद्वारी दिएका छन ।

 तामझाम र लावास्कर बाजा सहित पुगेका उम्मेद्वारहरुले बुधबार उम्मेद्वारी दर्ता गराएका छन । वडाध्यक्षको चुनावी प्रतिस्पर्धाका निम्ति नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट स्थानिय पंकज मण्डलले मनोनयन दर्ता गराएका छन् ।

मण्डलको उम्मेद्वारी दर्ता गराउन नेकपाका संघीय सांसद शिवकुमार मण्डल सहित प्रदेश र जिल्लाका नेताहरु धनपालथान गाँउपालिकाको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

यसैगरि नेपाली कांग्रेसका तर्फबाट स्थानिय नारायण प्रसाद साहले उम्मेद्वारी दर्ता गराएका छन् । साहलाई समाजबादी पार्टी नेपालले समेत समर्थन गरेको छ । साहको मनोनयन दर्ता गराउन काँग्रेसका जिल्ला सभापति डिकबहादुर लिम्बु र समाजबादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादव सहित दुवै पार्टीका केन्द्रीय तथा जिल्ला स्तरका नेताहरु पुगेका थिए ।

 वडाध्यक्षको चुनावी प्रतिस्पर्धामा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका तर्फबाट ज्योति पासवान,नेपाल लोकतान्त्रीक पार्टीबाट देवनारायण मण्डल र मंगोल नेशनल अर्गनाईजेशनबाट मेघनाथ पासवान, सिके राउतको जनमत पार्टीबाट चनरादेवी मण्डल र राष्ट्रिय जनतापार्टीबाट चन्द्रानन्द मण्डलले उम्मेद्वारी दर्ता गराएका छन् । तत्कालिन एमालेबाट बिजयी वडाध्यक्ष बलराम मण्डल भगतको २०७५ बैशाखमा मृत्यु भएपछि सो पद खाली रहदै आएको थियो ।

धनपालथान गाँउपालिका वार्ड नं. २ मा ४ हजार ७४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका निम्ति वडानम्बर २ को कार्यालयमा २ वटा र जनता मावि मा ३ वटा मतदान केन्द्र राखिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ