arrow

बलायरले सोधे, 'सीमा मिचिदा प्रधानमन्त्री ओली किन मौन?'

logo
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
congress-doti.jpg

डोटी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीर बहादुर बलायरले कम्युनिष्ट सरकारका कारण राष्ट्रियता कमजोर बन्दै गएको बताएका छन्। बुधबार डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मा उप निर्वाचनका लागि कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता पछिको सभालाई सम्बोधन गर्दै बलायरले नेपालको सिमा मिचिदा समेत प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म आधिकारिक धारणा नराख्नु दु:खद भएको बताए।

संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न मतदातासँग बलायरले आग्रह गरे। उनले सरकारका संविधान र लोकतन्त्र विरोधी गतिविधिलाई सच्याउँदै सही मार्गमा हिँडाउन उपनिर्वाचनमा कांग्रेसको जीत आवश्यक भएको बताए।

उपनिर्वाचनका लागि समाजको रुपान्तरणका लागि योगदान गरेका त्यागी नेता महादेव साउदलाई उम्मेदवारका रुपमा अघि सारेको बताउँदै बलायरले यस वडाकाे समृद्धि र विकासका लागि रुख चिह्नमा मतदान गर्न अनुरोध गरे।

नेपाली काङ्ग्रेस डोटीका जिल्ला सभापति प्रदीप देउवाले अहिले दुई तिहाई सरकारका गतिविधि देखेर जनता वाक्क भइसकेको बताए । सिहदरबारको अधिकार गाउँ पुर्याउन कांग्रेस उम्मेदवार जिताउनु अहिलेको आवश्यकता रहेको बताए ।

उम्मेदवार महादेव साउदले यो निर्वाचन सरकारलाई सही बाटोमा हिँडाउनका लागि भएको बताउँदै आदर्श गाउँपालिका वडा नम्बर २ को समग्र विकासका लागि आफू अहोरात्र लाग्ने प्रतिबद्धता व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ