arrow

सहकर्मीको राय बिनै एकलौटी बाँडे सांसदले योजना

स्थानीयतहका प्रमुखलाई आश्वासन दिए, योजना हालेनन्

logo
 शैलेन्द्र रोकाया,  
प्रकाशित २०७६ कार्तिक २९ शुक्रबार
bhairab-singh-photo-(1).jpg

बझाङ । स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको योजना छनौट गर्दा सहकर्मी सांसदहरुको राय नलिएर एकलौटी योजना छनौट गरेको प्रति समानुपातिक सांसदहरुले आपत्ति जनाएका छन् । 

बझाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद भैरवबहादुर सिंहले समानुपातिक सांसदहरुसंग राय परामर्श तथा छलफल नगरी एकलौटी ढंगले योजना बिनियोजन गरेपछि समानुपातिक सांसदहरु आक्रोशित भएका हुन् । 

निर्वाचित भई सकेपछि पटक पटक बिबादमा मुछिँदै आएका सांसद सिंहले आर्थिक बर्ष ०७६–७७ का लागि आएको ६ करोड रुपैयाँ बिनियोजन गरेका थिए । नेपाली काग्रेसका तर्फबाट समानुपातिक तर्फका सांसद तथा प्रतिनिधि सभा सदस्य प्रकाश रसाइलीले भने ‘सांसद सिंहले हामीसंग छलफल नै नगरि एकलौटी तरिकाले जिल्ला समन्वय अधिकारीसंग राति बसेर योजना छनौट गरी निर्णय पुस्तिकामा उतार गरी ल्याउनु भएको थियो र  हस्ताक्षर गर्न भन्नुभयो मैले छलफल गरी जिल्लाका वास्तविक आवश्यकताहरुमा रकम छुट्याउँ र छलफल गरौँ भन्दा तपाईलाई १५ लाख बरावरको एउटा योजना हाल्नुहोस् बाँकी मैले नै तयार गरिसकेको छु भनेपछि आफुले आपत्ति जनाएको छु ।’

सांसद रसाइलीले भने ‘समान हैसियत भएका हामीलाई भिकारीको जस्तो ब्यबहार गरेकाले सर्बाेच्च  अदालतमा मुद्धा हाल्ने तयारी गरेको समेत गरेको छु र निर्णय पुस्तिकामा समेत फरक मत राखेको छु  । उहाँले जिल्लाको बिकासका लागी सबैको राय सुझाव र एकता हुन जरुरी छ तर सांसद सिंहको अभद्र ब्यबहारप्रति म कानुनी तबरले न्याय खोज्नेछु ।’

यसो त बिपक्षी दलका सांसदलाई मात्र होइन आफनै दल नेकपाबाट समानुपातिक सांसद आशा बिकसंग समेत सांसद सिहंले राय सुझाव तथा परामर्श लिएका थिएनन् । 

बिकले स्थानीय पुर्वाधार विकास कार्यक्रम छनौट कार्यविधिले नै सांसदहरुलाई विभेद गरेकाले यसका बिषयमा पटक पटक कुरा उठाउँदै आएको र अझै यसका बिषयमा संसदमा कुरा उठाउने बताइन् । उनले भनिन्, ‘सधै भिकारी जस्तै माग्नु पर्ने र सांसद सिंह र आफु एकै दलको भएपनि मसंग कुनै छलफल र राय पनि लिनु भएन । हामीलाई बैठकमा बोलाउनु भयो हामीले पनि योजनाका लिष्ट लिएर गएका थियौं  । सांसद सिंहले सरासर आफुले योजनाहरु निर्णय पुस्तिकमा सारेर हस्ताक्षर गर्न भन्नुभयोे ।’

सांसद बिकले भनिन्, ‘उहाँले हामीले आपुले ल्याएका योजना पनि समेटौ भन्दा हुँदैन भन्नुभयो योजनामाथि कुनैपनि छलफलसम्म पनि भएन ।’ उनले पार्टी जिल्लाका ईन्चार्ज भएको हैसियतले हस्ताक्षर मात्र गरेको र यो कार्यबिधि नै बिभेदकारी भएकाले यसलाई खारेज गरिनु पर्नेमा जोड दिएकी छिन् । 

स्थानीय तहका प्रमुखलाई आश्वासन दिए, योजना हालेनन्
दुई साता अगाडी जिल्ला आएका सांसद सिंहले जिल्लाका स्थानीय तहका प्रमुखहरुसंग सुझाव तथा योजना समेत माग गरेका थिए । स्थानीय तहका प्रमुखहरुले प्रत्येक स्थानीयहरुबाट अति आवश्यक तीन वटा योजना समावेश गरी दिन सांसदलाई माग गरेको भएपनि सांसद सिंहले भने नत स्थानीय तहको माग लाई सम्बोधन गरे नत सहकर्मी सांसदहरुका राय नै लिए । 

सांसद सिंह कै दलबाट निर्बाचित थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले भने, ‘सबै गाउँपालिका नगरपालिकाका प्रमुखलाई बोलाएर सांसद सिंहले गाउँपालिकाबाट तीन तीन वटा योजना माग गर्नु भएको थियो र तीन वटा योजनामध्ये एक वटा योजना अनिबार्य रुपमा समाबेस गर्ने आश्वासन समेत दिनु भएको थियो तर सबै प्रमुखहरुलाई बेबकुफ बनाएर एक वटा योजना पनि समेट्नु भएन ।’

आक्रो पोख्दै उनले भने, ‘हामीले गाउँपालिकाका अति आबश्यक योजनाहरु माग गरेका थियौं तर सांसद सिंहले नितान्त ब्यक्तिगत योजना समाबेस गर्नु भएको रहेछ ।‘ उपाध्याय जस्तै अन्य गाउँपालिकाका प्रमुखहरुको आक्रोश पनि फरक छैन ।  त्यस्तै तत्कालिन एमालेबाट बिजयी भएका छबिसपाथीभेरा गाउँपालिकाका प्रबत्ता लोकेन्द्र बोहराको भनाई पनि उस्तै छ । 

उनले भने, ‘योजना छनौटका चरणहरु पार गरि बस्ती स्तरबाट अति आबस्यक भएका तर गाउँपालिकाले सम्बोधन गर्न नसकेका योजनाहरु छनौट गरि माग गरेका थियांै तर गाउँपालिकाबाट माग गरेको अति आबस्यक योजनाहरु एउटा पनि छनौट भएको छैन ।’

 उनले नीतिगत रुपमा बस्तीस्तरबाट छनौट भई आएका योजनामा बजेट छुट्याउनु पर्नेमा ब्यक्तिगत योजनामा रकम बिनियोजन गरेकोमा दुःख ब्यक्त गरे  ।  

साईपाल गाउँपालिकामा बजेट शून्य 
 जिल्लाको साईपाल गाउँपालिकामा भने एउटा योजना पनि नपरेपछि स्थानीयले आक्रोश पोखेका छन् । जिल्लाको दुर्गम साईपाल गाउँपालिकालाई बर्षेनी सांसद सिंहले बिभेद गरेको भन्दै स्थानीयहरुले चर्को आलोचना गरेका छन् । 

‘ स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमका लागि साईपाल गाउँपालिकाबाट पनि तीन वटा योजना पेस गरेका थियौँ’, अध्यक्ष राजेन्द्र धामीले भने ‘एउटा पनि योजना नसमेटिएकाले सांसदहरुले साईपाल गाउँपालिकालाई हेर्ने नजर प्रस्ट थाहा भयो ।’

गत बर्ष पनि सांसदहरुले बिभेद गरेको भन्दै स्थानीयहरुले आलोचना गरेका छन् । साईपाल गाउँपालिका स्थानीय उज्वल बोहराले भने ‘चुनावका बेला ठूला ठूला आश्वासन दिने नेताहरुले साईपाल गाउँपालिकालाई बिभेद गरेको प्रति आक्रोश छ ।’

स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम कार्यविधि २०७६ अनुसार बझाङ जिल्लामा योजना छनौट समितिमा संयोजक भैरबबहादुर सिंह (प्रत्यक्ष निर्बाचित सांसद) सदस्यमा प्रकाश रसाइली (समानुपातिक सांसद) सदस्य आशा कुमारी बिक (समानुपातिक सांसद ) र सदस्य सचिबमा जिल्ला समन्वय अधिकारी शेखर रोकाया रहेका थिए ।  

सांसद सिंहले जिल्लामा रहेका १२ वटा स्थानीय तहहरु मध्ये ११ वटा स्थानीयतहका २९ वटा योजनामा रकम बिनियोजन गरेका थिए । सबैभन्दा बढी जयपृथ्बी नगरपालिका एक करोड ८६ लाख, दोस्रोमा केरारस्यूँ गाउँपालिकामा ८० लाख, तेस्रोमा दुर्गाथली गाउँपालिकामा ६५ लाख, चौथोमा बुगंगल नगरपालिका र तल्कोट गाउँपालिकामा ६० ÷६० लाख र पाँचौमा खप्तड छान्ना गाउँपालिकामा ३५ लाख छैटौमा सुर्मा गाउँपालिकामा ३० लाख र त्यस्तै सातौमा थलारा गाउँपालिका र बित्थड चिर गाउँपालिकामा २५–२५ लाख र नबौमा छबिसपाथीभेरा गाउँपालिकामा १५ लाख र सबै भन्दा कम मस्टा गाउँपालिकामा ११ लाख ५० हजार रुपयाँ बिनियोजन गरेका छन्  भने साईपाल गाउँपालिकामा भने रकम बिनीयोजन गरेका छैनन् । 

त्यस्तै जिल्ला समन्वय समिती प्रशासनिक खर्च ७ लाख ५० हार गरि ६ करोड रुपयाँ बिनियोजन गरेका छन् । सांसदले दिएका योजनामा ब्यपक रुपमा कमीसन मागी आफु नजिक भएको कार्यकताबाट आएका योजनाममा बिनियोजन गरेको स्थानीयको आरोप छ । 

नाम नखुलाउने सर्तमा एक जना स्थानीयले भने हाली दिन्छु अलिकती कमीसन चाहिन्छ भनेको थियो तर आफुले कमीसन दिएर योजना नमाग्ने भने पछि यो कुरा कसैलाई नभन्नु भनेको बताए । स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम छनौट समितीका सदस्य सचिब समेत रहेका  जिल्ला समन्वय अधिकारी शेखर रोकायाले भने, ‘कार्यबिधिमा अन्य सांसदहरुको राय लिएर योजना छनौट गर्नु पर्र्ने उल्लेख छ तर सहमती हुन सकेन भने निर्बाचित सांसदले एकल रुपमा बिनीयोजन गर्न पाउँने अधिकार भएकाले त्यसै अनुरुप गरेको हो ।’

यता प्रतिनिधिी सभा सदस्य भैरबबहादुर सिंहले भने सांसदको भाग लगाउने योजना नभएकाले  जिल्लाका आबस्यकता भएको ठाउँमा रकम बिनियोजन गरेको र कार्यबिधीले दिएको अधिकार प्रयोग गरेको बताए  । 
पटक पटक बिबादमा मुछिए सांसद सिंह
निर्बाचित भएदेखि सांसद सिंह पटक पटक बिबादमा मुछिए पछि उनको जिल्लामा चर्को आलोचना हुन थालेको छ । यस अगाडी समेत बिबादमा मुछिएका सांसद सिंहलाई सांसदको पहिलो बैठकमा सुतेको फोटो सार्बजनिक भएपछि निकै चर्चामा आएका थिए ।

 निर्बाचन भएको लगत्तै सिंह सांसदको पहिलो बैठकमा सुतेको फोटो सामाजिक संन्जालमा भाईरल भएपछि स्थानीय मतदाता सांसद सिंहकै पार्टीका केही कार्यकर्ताले आलोचना गरेका थिए ।  

त्यसको लगत्तै जिल्लाको बुंगल क्षेत्रमा  निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको कालंगा हाईड्रो प्रा लिमा पनि आफ्नो स्वार्थ पुरा नभएपछि खुलेर बिरोध गरेको भन्दै स्थानीय स्तरमा सिंहको चक्र्रो आलोचना समेत भएको थियो । आफ्नै जिल्लामा ७२ मेगावाटको बिद्युत उत्पादन हुन लागेको भनेर खुशी भएका स्थानीयले हाईड्रोका सन्चालक बिरेन्द्र मल्लसंग आफ्नो माग पुरा नभएपछि जलबिङुत माफिया भनेर केही सन्चार माध्यममा भनेपछि स्थानीय स्तरमा सांसद सिंहले आलोचित हुनुपरेको थियो । 

सिंहका बारेमा सामाजिक सन्जाल तथा स्थानीय स्तरमा चर्को आलोचना भएको थियो । त्यस्तै  नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित सरकारले छनौट गरेका १०० वटा पर्यटकीय गन्तब्यको पूर्वाधार बिकासमा सिंहले जिल्लामा आएको एउटा मात्र योजना आफ्नै निजी गोरखनाथ मन्दिर छनौट गरेको बिबादमा समेत आलोचित थिए । 

जिल्लाका कयाँ आकर्षक पर्यटकिय गन्तब्य हुँदाहँुदै आफ्नै गाउँको निजी मन्दिरमा बजेट हालको सिंहलाई आरोप थियो । त्यस्तै आफुसंग निकट नभएको भन्दै जिल्लाका सिडियो सरेश सुनारलाई सरुवा गरेको आरोप समेत सांसद सिंहलाई लागेको थियो । 
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ