arrow

गाउँपालिका अध्यक्षको उम्मेदवार कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७६ कार्तिक २९ शुक्रबार
khotang.JPG

खोटाङ । खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाबाट खोटेहाङ गाउँपालिकामा अध्यक्षको उम्मेदवारी बनेका रामकेश राई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । २०७४ सालमा भएको स्थानीय निर्वाचनको समयमा मुक्ति मोर्चाबाट गाउँपालिकाको अध्यक्षको टिकट पाएर चुनाव लडेका राई कांग्रेसमा प्रवेश गरेका हुन् ।

खोटेहाङ गाउँपालिका वडा नम्बर–३ सावाकटहरेमा कांग्रेसले आयोजना गरेको वडा समिति विस्तार कार्यक्रमको अवशरमा राई पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेको बताईएको छ । यस्तै, नेकपाभीत्र भ्रष्ट्रचार र वेथितिको हावी भएको र मुलुकको हितको लागि कांग्रेसमात्र सच्चा पार्टी रहेको भन्दै डेढ दर्जन नेकपाका यूवा नेता कांग्रेसमा प्रवेश गरेका छन् ।

जेफर राई, विनोद बुढाथोकी, अम्विका विश्वकर्मा, यम कुमार राई, देउ कुमार राई, बतास राई, नवराज राई, रोहित भुजेल, सुरज राई, विमण राई, पुर्षोधन राई, राजन राई, देवेन्द्र बुढाथोकी, दिपक गेलाल र प्रतिक्षा बस्नेत नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले अविर मालाका साथमा पार्टीको झण्डाले स्वागत गरेका छन् । प्रभावशाली यूवा नेताहरु काग्रेसमा प्रवेश गरेको प्रति राईले खुशीसमेत व्यक्ति गरेका छन् ।

राईको प्रमुख आतिथ्यतामा खोटेहाङ गाउँपालिका वडा नम्बर–३ सावाकटहरेको सभापतिमा बासुदेव तिमल्सेना चयन भएका छन् । २१ सदस्य रहेको समितिको सभापतिमा तिमल्सेना चयन भएका हुन् ।

कार्यक्रममा कांग्रेसका क्षेत्रीय उपसभापति चण्डीराज राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका वडा नम्बर–५ का वडाध्यक्ष तथा कांग्रेस नेता पूर्ण बहादुर खड्का खोटेहाङ गाउँपालिकाका कांग्रेस सभापति पे्रम कुमार थापा, कांग्रेसका पूर्व जिल्ला सदस्य भरत पोखरेललगायतको उपस्थिति रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ