arrow

स्थानीय तहको उपनिर्वाचनका अन्तिम उम्मेदवारहरु आए

logo
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
election-commission.jpg.jpeg

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उम्मेदवारको नामावली शुक्रबार प्रकाशन गरेको छ । आयोगका अनुसार कूल ३५ जिल्लाका ४४ स्थानीय तहमा ४८ पदका लागि उपनिर्वाचन हुन लागेको हो । 

उम्मेदवारको मनोनयनपत्र र उजुरीमाथि छानबिन गर्ने तथा नामावली प्रकाशन गर्ने कार्य शुक्रबार सम्पन्न भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
     
कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–१० का वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार देवराज भारतीको विरोधमा स्वतन्त्र उम्मेदवार शिवभक्त ठाकुर (नाउ) को उजुरी परेको थियो । 

यस्तै पाँचथरको फिदिम नगरपालिका–१ का वडाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) का उम्मेदवार जानुका थाम्सुहाङको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मिलन गिरीको उजुरी दर्ता गराए पनि ती उजुरी बदर गरेको र मनोनयपत्र पत्र सदर गरिएको आयोगको भनाइ छ । 

उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएका क्षेत्रका विद्यालयमा तीन दिन बिदा दिने तयारी भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार केन्द्र तोकिएका २ सय १७ विद्यालयलगायत अन्य संस्थामा तीन दिन बिदा दिन स्थानीय तहलाई परिपत्र गरेको छ । 

निर्वाचन आयोगको आग्रहअनुसार मन्त्रालयले दुई सय १७ विद्यालय, १८ गाउँपालिका, ३ स्वास्थ्य चौकी र ९ पार्टी, धर्मशाला, खेलकुद भवनलगायत मतदान केन्द्र तोकिएको ठाउँमा बिदा दिन भनेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ