arrow

भारतीय पिकअप गाडीसहित चाइनिज नासपाती बरामद

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
Armed_Police_Force_Logo.jpg.jpeg

जनकपुरधाम। धनुषाबाट भारतीय पिकअप गाडीसहित सशस्त्र प्रहरीको टोलीले चाइनिज नासपाती बरामद गरेको छ। धनुषाको देउरीबाट सशस्त्र प्रहरीको टोलीले एक हजार ७ सय २५ केजी चाइनिज नासपाती नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी धनुषाका सहायक प्रहरी निरीक्षक सुरेन्द्रकुमार झाको कमाण्डमा खटेको टोलीले जनकपुरबाट देउरीतर्फ जाँदै गरेको बीआर ३२ जीए ५०५८ नम्बरको भारतीय गाडीलाई चेकजाँच पछि नियन्त्रणमा लिएको हो।

चेकजाँचको क्रममा गाडीबाट नेपालहुँदै अवैध रुपमा भारततर्फ लादै गरेको प्रति कार्टुन १५ केजीको दरले एक हजार ७ सय २५ केजी चाइनिज नासपाती बरामद भएको सशस्त्र प्रहरी बलको कार्यालय धनुषाले जनाएको छ।

प्रति केजी रु १५० को दरले बरामद गरिएको चाइनिज नासपातीको मूल्य दुई लाख ५८ हजार सातसय पचास रहेको जनाइएको हो । पिकअप र नासपाती नियन्त्रणमा लिएपनि चालक भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।  

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको नासपाती र गाडी आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ