arrow

कांग्रेसका उम्मेद्वार तिलक राईको मुख्य एजेन्डा ‘भ्रष्टाचार मुक्त धरान’

logo
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
tilak-rai-Agenda--(1).jpg

धरान । यतिबेला नेपाली कांग्रेसका उमेद्वार तिलक राई मत माग्दै घरदैलोमा ब्यस्त छन् । धरानमा रिक्त रहेको मेयरको पदका लागि आसन्न मसिर–१४ उपनिर्वाचनको मिति तय गरिएको छ । 

जति जति निर्वाचनको मिति नजिकै छ सोहीअनुसार तिलक राई पनि आफ्नो चुनावी अभियानलाई प्रभाबकारी बनाउन घरदैलोलाई तिब्रता दिएर लागि परिरहेका छन । नेपाली कांग्रेसबाट सर्वसम्मत धरानको मेयरको पदको उम्मेद्वार बनेका राई मतमाग्दै जनताको गुनासा तथा समस्या र जनचनहनाहरु पनि टिपोट गरिरहेका छन् ।

भष्ट्राचारको अन्त्यगरी कर घटाएर बिकास गर्ने मुलएजेन्डा बनाएर मतमागि रहेकातिलकलाई कम्युनिस्टको गण भनेर चिनिने धरानका वडाहरुमा भव्य स्वागत भइ रहेको छ ।

बिहिबार वडा नं १३ मा भव्य स्वागत भएका तिलकलाई शुक्रवार धरान १७ मा पनि भब्य स्वागत तथा आतिथ्यता पाए । 

१७ नम्वर वडाको रेल्वेचोक, सुनौलो मार्ग, साङपाङ मार्ग, टेम्के मार्ग, हङकङ रोड, क्षितिज टोल, यलम्वर मार्ग, रत्नमार्ग बिष्णुमाया मार्ग, उदय टोल लगायएका  टोलमा तिलक राइलाई स्थानिय मतदाताले स्वागत गरेका थिए ।

स्थानिय खेमराज भण्डारीले यसपाली मत बदल्ने र आफु परिवर्तनको पक्षमा मत हाल्ने बताए । उनी जस्तै सोही वडाका लिलापौडेल, देवी भण्डारी, सुमित्रा राई, समसेर तामाङ्ग लगायत पनि आफ्नो मतबदल्ने र आफुलाई परिवर्तनको पक्षमा उभ्याउने र तिलक राई भ्रष्टाचार मुक्तअभियानमा साथ दिने बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ