arrow

वडाध्यक्षका उम्मेदवारलाई मत माग्दै सांसद अमरेश

logo
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
amresh-kumar-singh-mp-nc.jpg

सर्लाही। मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको सर्लाहीको हरिपूर्वा नगरपालिका–१ मा चुनावी चहलपहल निकै बढेको छ। राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका वडाध्यक्षका उम्मेदवार आफ्नो पक्षमा मत माग्न ब्यस्त छन्। पार्टीको उम्मेदवारलाई मत माग्न सांसददेखि जिल्ला स्तरका नेता समेत हरिपूर्वा पुगेका छन्। सर्लाही क्षेत्र नम्वर ४ का प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह हरिपूर्वा पुगेर कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिएका रामपृत पासवानको पक्षमा मत माग्दै घरदैलोमा सहभागी भएका छन्।

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति लक्ष्मण रायलगायतका जिल्ला स्तरका नेताहरु पनि त्यहाँ पुगेर आफ्ना उम्मेदवारलाई मत माग्दै हिँडे्का छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य अच्यूतम काफ्ले, जिल्ला अध्यक्ष रेवती पन्तलगायतले पनि हरिपूर्वा पुगेर आफ्ना उम्मेदवारको पक्षमा मत मागेका छन्। नेकपाले मोहम्मद अंसारीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ। अंसारी दिवंगत वडाध्यक्ष इसाक अन्सारीका छोरा हुन्। तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष इसाक अंसारीको गत वर्ष निधन भएपछि हरिपूर्वा १ मा उपनिर्वाचन हुन लागेको हो।

वडाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले रामविश्वास राय, समाजवादी पार्टीले श्यामबाबु राय, सिके राउत नेतृत्वको जनमत पार्टीले दिनेश राय यादवलाई उम्मेदवार बनाएको छ। उनीहरुको पक्षमा मत माग्न पनि पार्टीका शीर्ष नेताहरु घरदैलोमा सहभागी भएका छन्। यस्तै स्वतन्त्रबाट मनोजकुमार राय र मनोजकुमार यादवले उम्मेदवारी दिएका छन्।

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारीका बाँकी काम गरिरहेको छ। हरिपूर्वा नगरपालिका–१, मा एक हजार ३ सय ५६ मतदाता छन्। सो वडामा दुईवटा मतदान केन्द्र छ। दुवै मतदान केन्द्र वडा कार्यालयमै रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ