arrow

तत्कालीन माओवादीले सुकुम्बासीलाई भोट बैंक बनाएको भन्दै नेकपाका ३५ कार्यकर्ता कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
congress-prabesh.JPG

धरान । धरान १७ मा नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का  सहित विभिन्न पार्टी  ३५ जना नेता कार्यकताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राईको सोमबारको घरदैलौ कार्यक्रमको अवशरमा शान्ति चौक टोल बिकासका अध्यक्ष समेत रहेका माओवादीका पुर्व लडाकु सुर्यबहादुर तामाङ्गको नेतृत्वमा पुर्व माओवादी केन्द्रका धरान नगर सदस्य रहेका पुर्व माओवादीका १७ नम्बर वडा इन्चार्ज हाल नेकपा नगर सदस्य  राजेश मोक्तानसहित नेकपाका मेनुका राई, संगिता तामाङ्ग, मिनकुमार  श्रेष्ठ , काजि राई, टंक प्रधान, लक्ष्मि कुमार मोक्तान , धन बहादुर मगर, क्षत्र गुरुङ , राजेश मगर, जिवन बिक, कुमार कालिकोटे जीवन रसाइली लगायत ३५ जना प्रबेश गरेको नेपाली कांग्रेस धरान सचिब श्याम पोख्रेलले बताए  ।

नव प्रबेशीलाई मेयरका उम्मेदवार तिलक राईले फुलमाला अबिर लगाएर प्रवेश गराएका थिए । पार्टी प्रवेश पश्चात बोल्दै सुर्यबहादुर तामाङ्गले धरानको बिकासकालागि तिलक राईको खाँचो रहेको बताए ।

 उनले धरानमा गफ गर्ने कम्युनिष्ट भन्दा काम गर्ने कांग्रेसको खाँचो रहेकाले कांग्रेसमा प्रवेश गरेको बताए । उनले माओवादीले पुर्व लडाकुको योगदानलाइ पुर्ण रुपमा बेवास्ता गरेको र सुकुम्बासीलाई भोट बैंकको रुपमा लिएर कम्युनिष्टले धोका दिएको बताए ।

गरिब जनता सुकुम्बासीको पार्टीका नेता भन्ने अनि  मत लिए पछि चिल्लो कारमा हिड्ने नेतालाइ मत नदिन उनले आग्रह गरे । यस्तै राजेश मोक्तान नेकपाले लडाकुको योग्दार बिर्सिए पछि  परिवर्तनकालागि कांग्रेसमा प्रवेशमा प्रवेश गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ