'धरानको माहोल देखेर नेकपा आत्तिएको छ, पैसाको चलखेल हुनसक्छ'
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
830
Shares
धरान। नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मंसिर १४ गते सम्पन हुने निर्वाचनमा नेकपाले सरकारको दुरुपयोग गर्ने सक्ने बताएका छन ।
धरानमा सोमबार अगुबा कार्यकर्ताहरुसंगको छलफलमा बोल्दै पुर्व अर्थमन्त्री समेत रहेका आचार्यले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा भएकाले चुनाबको परिणाम आफ्नो पक्षमा ल्याउन निर्वाचन आचारसंहिताको बिरुद्ध पनि कार्य गर्न सक्ने भन्दै कार्यकर्ताहरुलाई सजक रहन आहग्र गरे ।
निर्वाचन नजिकिदै जाँदा धरानमा कांग्रेसको माहोल र जनलहर बढेको आचार्यले बताए । उनले भने धरानको माहोल देखेर नेकपा आत्तिएको छ । उनिहरु हार्छु भनेर आत्तिसकेकोले पैसाको चलखेल गरे तुरुन्त पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको निर्वाचन अनुगमन समितिलाई खवर गरि समन्वय गर्न आग्रह गरे ।
देशभर हुने उपनिर्वाचनमा नेकपाको सरकार बिरद्ध जनलहर बढेका कारण कांग्रेसले गत निर्वाचन २०७४ मा पराजित भएको बदला यसपालीको चुनावबाट लिने बताए ।