arrow

युवा संघका वडाध्यक्षसहित ५५ युवा कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
dharan-party-prabesh.jpg

धरान। पुर्व नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन युवा संघ नेपालका तत्कालिन धरान १६ वडा  कमिटिका अध्यक्ष गौतम खालिङसहित ५५ भन्दा बढी स्थानीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

नेपाली कांग्रेसका मेयरका उम्मेद्वार तिलक राईको मङलवारको घरदैलौ कार्यक्रमको अवसरमा गणेशमान चौकमा आयोजित कोण सभामा युवा नेता खालिङ्गको नेतृत्वमा मानबहादुर राई, राजु चौधरी, राजन राई, सुमित राई, भिक्षण राई , किरण बराइली, प्रशान मगर, अनिल राई , मनिस थापा मगर, नवीन लिम्बू , रोशन गौतम, बिकास कार्की, सरोज परियार, राहुल बराइली, भिष्म खालिङ, सुरज कालिकोट , समुति कालकोटे, कबिर श्रेष्ठ , मेनम राई, प्रोगेस शाक्य , आर्चु श्रेष्ठ, निर्मल श्रेष्ठ, सुजन श्रेष्ठ, कमल राई, अर्जुन मगर, जिवन रामदाम, चन्द्र खत्री, नन्दर राई, अबिसन श्रेष्ठ, सुनिल गुरुङ, रुपेस बिक, आमोस दर्नाल, किरण मगर, बिनोद कार्की, लखन धमला, धनराज राई, मिलन राई, सौरब मार्के, सुमित रानामगर, भुवन पुरी, सुदन राई, युगल राई, बिष्णु राई, कसत राई, सुरज राई, मादा राई, मनोज राई, देबि दाहाल, प्रकाश तामाङ , अमर तामाङ , शानबहादुर तामाङ, मिनकुमार तामाङ, बिक्रम तामाङ, कृष्ण बिक  सहीत ५५ जना कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस वडा नं १६ का सचिब बिजय घिमिरेले बताए ।

सो सभामा सांसद चन्दप्रसाद, मेयरका उम्मेदवार तिलक राई, संघीय सांसद मीना सुब्बा, पुर्व सांसद हरिनाथ बास्तोला, क्षेत्रिय सभापति सुरेसमान श्रेष्ठ, सचिब मुरारी भट्टराई, महिला नेत्री उमा बास्तोला लगाएतले नवप्रवेशी कार्यकर्तालाई अविर र माला लगाएर स्वागत गरेका थिए। नवप्रवेशी कार्यकर्तालाई मेयरका उम्मेदवार तिलक राईले फुल माला अबिर लगाएर प्रवेश गराएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले धरानको समृद्धिकालागि आफु काम गर्न तयार रहेको बताए। धराने जनताको सारथी हुन चाहनाले आफुले मेयरको उम्मेद्बारी दिएकाले एक पटक धरानकालागि काम गर्न मौका दिन आग्रह गरे । उनले यो उपनिर्वाचन कांग्रेसको चाहना नभएको तर नेकपाको अदुरदर्शि निर्णयका कारण पुनः निवार्चनमा जानुपरेको बताए। भष्ट्राचारबाट लिप्त नेकपाको सरकारलाई कारवाही स्वरुप परिवर्तनको पक्षमा मत हाल्न आग्रह समेत उनले गरे ।

बिभिन पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश
त्यसै गरी धरान–१७ पटनालीमा नेपाल कम्युनिष्ट पार्टी सहित अन्य साना पार्टी परित्याग गरि ३० जना कार्यक्रता नेपाली कांग्रेस प्रवेश गरेका छन । नेपाली कांग्रेसको चुनाबी प्रचारप्रसार अन्तर्गत सोमवार आयोजित कोण सभामा भोला तामाङ, चित्र कुमार राई, अनिल कुमार राई (रबिन) सप्तमान राई, मेनुका राई, सबिना राई, सीता बान्तवा, जितबहादुर बुढाथोकी , अबिशेक राई, फुलमाया तामाङ , सुभद्रा राई, रन्जनी राई, सम्वर बहादुर तामाङ ,लक्ष्मी राई, अन्नत तामाङ , दिपा राई, उत्तम बिक, बिनिता राई, जितबहादुर राई, गौमाया बिक, पन्थीरानी राई, मणिकुमार राई, ऋषि राई , बिशाल राई , राज राई, रामलाल राई, उमेश राई, श्रवण राई र खेमकुमार राई लगाएत प्रवेश गरेका हुन ।

नवप्रवेशी कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन बिश्बकर्माले फुल माला अबिर लगाएर प्रवेश गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ