नेकपाले धरानमा कर घटाउछु भन्नु कांग्रेसको जित : उम्मेदवार राई

प्रकाशित मिति : २०७६ मङ्सिर ४ बुधबार

धरान । मसिर १४ गते हुने निर्वाचनमा जिते नेकपाका उम्मेदवार प्रकाश राईले कर घटाउछु भन्नु धरानमा नेपाली कांग्रेसको जित भएको नेपाली कांग्रेसका तर्फबाट मेयरका प्रत्यासी तिलक राईले बताएका छन ।

नेपाली कांग्रेसको धरान नगर सभापति समेत रहेका राईले भने 'नगर कार्यपालीमा रहेको बहुमतको दम्ब देखाउदै गरिब मजदुरहरुलाई करको मारमा नेकपाको सरकारले पारेको र  त्यसको हामिले बिरोध गर्दै आएको र हाल निर्वाचनको मुखमा कर घटाउछु भन्ने कुराले काग्रेसको जित भएको छ । '

बुधबार नेपाल पत्रकार महासंघ सुनसरीले मंसिर–१४ गते हुने निर्वाचन लक्षित उम्मेदवारसंग संवाद कार्यक्रममा पत्रकार र स्थानीय संघ संस्थाको प्रतिनिधिहरुको जवाफमा धरानको बिकास र निकासकालागि कांग्रेस सक्षम रहेकाले यसपालीको चुनाबमा बिजयी भएर जनता साथ लिएर धरानलाई समृद्धि बनाउने बताए ।

धरानको चाहाना र आवश्यतालाई बुझेर धरानेहरुको धरान बनाउने योजना र धरानलाई धार्मिक, सांस्कृतिक र पर्यटकिय क्षेत्रको रुपमा धरानलाई बिकास गर्ने कांग्रेसको योजना रहेको उम्मेदवार राईले बताए ।

राईले आफु धराने जनताको साझा उम्मेदवार समेत रहेकाले जित निश्चित समेत रहेको दाबि गरे । जित पश्चात नगर भित्रको बेतिथि अन्त्य गराएर सामाजिक, सांस्कृतिक र आर्थिक पक्षको बिकास गर्न लागि पर्ने बताए । धरानने जनतालाई पुर्ण शुसासनको प्रत्याभुति गराएर विश्वासनीय ढङ्गले काम कारवाही गर्ने बताए ।

पत्रकार दिलभुषण पाठकले सहजिकरण गरेको कार्यक्रममा नेकपाका उम्मेदवार प्रकाश राई, संघिय समाजादीका गजेन्द्र इस्बो, लिम्बूवान लोकतान्त्रिक मञ्चका अम्बरबहादुर लिम्बूले आफ्नो उमेदबारीको कारण, एजेन्डा प्रस्तुत गरेका थिए ।

नयाँ