arrow

टमटाको जिपको ठक्करबाट मृत्यु

logo
प्रकाशित २०७६ मंसिर ५ बिहिबार
accident-final.jpeg

कैलाली । कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–२ बस्ने ३४ वर्षीय देवराम टमटा हुन् । 

कञ्चनपुरको झलारीबाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नंको महिन्द्रा जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका टमटाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।     
     
टाउको र शरीरमा गम्भीर चोट लागेका टमटाको अत्तरियास्थित पद्मा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । घटनाबारे अनुसन्धान भइरहेको तथा ठक्कर दिने जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ