arrow

कम्युनिष्टले धोका दिएको भन्दै कांग्रेसलाई भोट हाल्ने धरान १६ का बासिन्दाको तयारी

logo
प्रकाशित २०७६ मंसिर ५ बिहिबार
congress-dharan1.jpg

धरान । धरान १६ का वडाबासीले कम्युनिष्टले धोका दिएकाले अब कांग्रेसलाई भोट दिने प्रतिबद्धता जाहेर गरेका छन । नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईको चुनाबी कार्यक्रम अन्तर्गत मङलवार र बुधबार दुई दिन आयोजित घरदैलौ कार्यक्रममा वडाबासीले उम्मेदवार राईसंग त्यस्तो प्रतिबद्धता जाहेर गरेका हुन ।
 
वडाको लेखनाथ चौक, समि चौक, पुल चौक, गणेशमान चौक जस्ता दुई दर्जन भन्दा बढि टोलबासीले कम्युनिष्टका नेताहरुले धरानलाई कुरुप बनाएकाले नेपाली कांग्रेसलाई एक पटक हराबरा बनाउन सक्छन कि भनेर मौका स्वरुप भोट दिने स्थानीयहरुको तर्क थियो ।

स्थानीय पुल चौकमा एकराज तामाङ्गले गत निर्वाचनमा तत्कालीन एमालेलाइ भोट दिए पनि १४ गते हुने  निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई भोट दिने बताए ।

अधिक उत्साहित रुपमा देखिएका स्थानीय हरुघर घरमा भोट माग्दै हिडेका राईलाई देखेर एक पटक मौका दिनु पर्छ जस्तो लागेर भोट दिने अर्का स्थानीय राजन निरौलाको तर्क थियो ।

कोण सभालाईभन्दा पनि घर दैलोलाई प्रथामिकता साथ राखेर सक्रिय तिलक राईले १६ नम्बर वडामा पाटी प्रवेश समेत गराएका थिए । १६ नम्बर वडामा पाटीका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरला सहित, पुर्व जिल्ला सभापती, क्षेत्रिय सभापती , सचिव, वडा समितिका साथ कार्यक्रताको उत्साह साथमा घरदैलौ कार्यक्रममा सहभागी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ