arrow

धरानमा पुर्व माओवादीका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गर्नेको लहर

logo
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार
party-prabesh-dharan.jpg

धरान । धरानमा पुर्व माओवादीका जिल्ला सदस्य प्रेम बहादुर लकान्द्रीसहित पुर्व माओवादीका १ सय भन्दा बढि स्थानीय कार्यकर्ताहरु बुधवार  नेपाली कांग्रेश पार्टी प्रबेश गरेको भोलि पल्टनै धरान–१७ बाट करिब ५० भन्दा बढि पुर्व माओवादीका स्थानीय कार्यकर्ता सहित १ सय स्थानीय बिहिबार कांग्रेसमा प्रवेश गरेका छन ।

१७ नं वडाको डांडा घोपाका पुर्व माओवादीका नेता राजेश घिसिङ, ईन्द्रेणी मार्ग टोल विकाशका अध्यक्ष पुर्व माओवादीका नेता इन्द्रबहादुर राई, माओवादीका पुर्व लडाकू समेत रहेका माओवादी निकट अखिल नेपाल सुकुम्बासी मञ्चका अध्यक्ष सुर्यबहादुर तामाङको नेतृत्वमा विभिन्न टोलबाट युवा सहित पाका उमेरका वडाबासी नेपाली कांग्रेसको जय नेपालको नारा लगाउदंै पार्टीमा प्रवेश गरेका थिए ।

रेल्वे चौकमा कांग्रेसले आयोजना गरेको चुनाबी कोण सभामा भएको पार्टी प्रवेश पछि बोल्दै डांडा घोपाका राजेश घिसिङ्गले धरानमा विमान स्थल बनाउन नेकपा बाधक भनेको बताए । उनले स्थानीयको सहमतिमा डाँडा घोपामा ७ बिगाहा जमिन उपलब्ध भए पनि निर्माण गर्ने बिषयमा सरकार कानमा तेल हालेर सुतेको बताए ।

त्यस्तै इन्दे्रणी टोलका इन्द्रबहादु राईले आफु माओवादीको शैलीले वाक्क भएर कांग्रेसमा प्रवेश गर्न बाध्य भएको बताए । उनले भने ”मनमा ढुङ्गा राखेर पार्टी छोड्दैछु यो मेरो बाध्यता र स्थानीय बिकाशको चाहना हो गाँऊको बिकासकालागि परिवर्तन आवश्यक रहेकाले कांग्रेसको चाततारे झण्डा बोक्न बाध्य भए “ । 

सुकुम्बासी नेता सुर्यबहादुर तामाङ्ग कम्युनिष्ट बिकासको बाधक र गरिब जनताको दुश्मन भएको महशुस भएर धनिको पार्टी भनेर चिनिने कांग्रेस प्रवेश आफ्नो खुशिले प्रवेश गरेको बताए । २८ बर्ष नेपकाले धरानमा सरकार बनाउदा पनि सुकुम्बासी समस्या नगरेको बताउदैं उनले नेकपाको नजरमा हामी उनिहरुको भोट बैंक मात्र बनेको यथार्थ  रहेको बताए ।
 
नव प्रवेशी कार्यकर्तालाई नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले टीका र माला लगाएर पार्टी प्रवेश गराएका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनको आधारमा पुर्व माओवादी, पुर्व एमाले पछि कांग्रेस वडा नं १७ मा तेस्रो स्थानमा खुम्चएको थियो भने सुनसरी जिल्लामा धरान उपमहानगरपालिकाको वडा–१७ मात्र तत्कालिन माओवादीले जितेको थियो ।

एक साता भित्र मात्रै धरान १३, धरान १७ र धरान १७ कै पटनाली , धरानको भानुचौकबाट पुर्व माओवादीका सयौं कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका थिए । उनिहरुलाई फरक फरक कार्यक्रममा मेयरका उम्मेद्वार तिलक राई र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनबहादुर बिश्वकर्मा, बरिष्ठ नेता रामचन्द्र पौड्यालले पार्टीमा प्रवेश गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ