arrow

सामुहिक करणी गरी फरार मुख्य आरोपी पक्राउ

logo
प्रकाशित २०७६ मंसिर ७ शनिबार
Kapilvastui-hamrakura.jpg.jpeg

तौलिहवा। चार बर्ष पहिला एक युवतीमाथि सामुहिक बलत्कार गरि फरार बनेको अभियुक्त पक्राउ परेको छ। जिल्लाको साविक पकडी गाविस (हाल मायादेवी गाउँपालिका) वडा नं १ मा एक युवतीमाथि ५ जना युवाले सामुहिक बलत्कार गरेका थिए।

जसमध्येका मुख्य आरोपित कलामुद्धिन मुसलमानलाई कपिलवस्तु प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पकडीले शनिबार दिउँसो मुसलमानलाई पक्राउ गरेको हो।

युवती भारती थिइन्। उनलाई बलत्कार गरेर अभियुक्तले भिडियो बनाई सामाजिक सञ्जालमा राख्ने योजना बनाएका थिए। घटना सार्वजनिक भएपछि कपिलवस्तुका अधिकारकर्मीले दोषिलाई पक्राउ गर्न तीव्र दबाब दिएका थिए।

घटना घटेपछि प्रहरीले उतिबेलै दुई जनालाई तत्काल पक्राउ गरेको थियो भने तीन जना फरार रहदै आएका थिए। जसमध्येका एक मुख्य आरोपित शनिबार पक्राउ परेका हुन्। अझै दुई जना भने फरार छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ