arrow

कम्युनिष्टले जनताका अधिकार खोस्यो, कांग्रेसको विकल्प छैन – वीरबहादुर बलायर

logo
प्रकाशित २०७६ मंसिर ८ आइतबार
doti-congress.jpg

डोटी । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले काङ्ग्रेसको बिकल्प नभएको बताएका छन् । डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मा हुन गइरहेको उप निर्वाचनका क्रममा घर दैलो कार्यक्रममा उक्त वडाको भारकोटमा बोल्दै उनले सो कुरा बताएका हुन् । 

कम्युनिस्ट सरकारको काम विस्तारै जनताका हकअधिकार खोस्ने भएको बलायरले बताएका छन् । दुई तिहाईको सरकारले लोकतन्त्रलाई समेत मास्दै गएको उनले आरोप लगाएका छन् । 

मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा काङ्ग्रेसलाई बिजयी नगरे अझै जनताका हक अधिकार खोसिदै जाने बलायरले बताएका छन् । 

सरकार दिनहुुँ अधिनायकवादतर्फ उन्मुख हुँदै गएकाले रुख चिन्हलाई खोजी खोजी भोट हाल्न बलायरले अनुरोध गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा देखिएको बलायरले आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले निर्वाचन जित्न राष्ट्रवादको नारा लगाएर जनतामा भ्रम सिर्जना गरेको समेत बलायर टिप्पणी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ