arrow

अर्काकी श्रीमती भगाउने वडाध्यक्ष माझी पुगे जेल, गयो पद

पूर्व एमालेबाट निर्वाचित माझी आफू जेल पुग्दा विगारे अर्काको घर

logo
प्रकाशित २०७६ मंसिर ८ आइतबार
gogal-bahadur-maji-ramechhap.jpg

रामेछाप। अर्काकी श्रीमती भगाउने रामेछापको मन्थली नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गोपालवहादुर माझी अन्तत जेल चलान भएका छन्। माझीलाई २ वर्षका लागि जेल चलान गरिएको छ। उनीसँगै सौता बन्न आएकी महिलालाई समेत २ वर्षको कैद सजायँ सुनाएको छ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश इश्वरीप्रसाद सापकोटाको इजलासले बिहीबार सो आदेश दिएको हो। यस अघि माझी र उनले ल्याएकी महिला पूर्पक्षका लागि कारागारमा थिए। अदालतले दोषी ठहर गरेपछि माझीको वडा अध्यक्ष पद समेत गएको छ।

विवाहित श्रीमती कृष्णमाया माझीलाई हेला गर्दै आएका भलुवाजोरका वडा अध्यक्ष माझी केही महिना अघि भक्तपुरबाट भगाएर ल्याएकी महिलासँगै पक्राउ गरिएको थियो। लामो समयदेखि अर्काकी श्रीमतीलाई आफ्नी भनेर माझीले भक्तपुरमा डेरा गरी बसेका थिए। विवाहित श्रीमती कृष्णमाया र माझीसँग बस्ने महिलाका श्रीमानले खोजी गर्दै उनीहरुसँगै भएको बेलामा प्रहरीलाई बोलाएर पक्राउ गराएका थिए।

माझीसँग श्रीमतीको रुपमा बसेकी महिलाका श्रीमान् बिदेशमा भए पनि स्थायी वासिन्दा पनि भलुवाजोरकै हुन। कृष्णमायाले वहुविवाहको अभियोगमा दुवैलाई कारवाहीको माग गर्दै जाहेरी दिएकी थिईन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ