arrow

संघीय लोकतान्त्रिक खम्वुबानले कांग्रेसलाई सघाउने

logo
प्रकाशित २०७६ मंसिर ८ आइतबार
dharan-congress-nc.jpg

धरान। मंसिर १४ गते हुने उपनिर्वाचनमा संघीय लोकतान्त्रिक खुम्बुवानले नेपाली कांग्रेसका तिलक राईलाई सघाउने भएको छ। खम्वुबानको तर्फबाट धरानमा मेयरमा स्वतन्त्र उम्मेद्वार दिएकी एलिसा राईकै उपस्थितिमा सो दलले कांग्रेसका उम्मेद्वार तिलक राईलाई समर्थन गर्ने निर्णय गरेको हो।

आइतवार धरान–१२ मा पत्रकार सम्मेलन गरि दुई पार्टी बिच कार्यगत एकता घोषणा गर्दै दुई पार्टी बिच बिबिधतामा एकता स्वशासन र साझा शासनको पद्धति, समृद्ध अनि सम्पन शहर हाम्रो संकल्पको नारामा सहमती भएकोजानकारी दिइयो। 

कांग्रेस र खम्वुवान बिच सिद्धान्तमा कुनै मेल नखाए पनि धरानको बिकास र समृद्धिमा तिलक राईको नेत्रित्व आवश्यक भएकाले कार्यगत एकता भएको संघिय लोकतान्त्रिक खम्बुवानका केन्द्रीय महासचिब राजकुमार खम्बुले बताए।

उनले भने 'हाल नेकपाका कारण धरानमा मौलाएको बेतिथि, बिकृत, भष्ट्राचारको बिरुद्ध कांग्रेससंगको सहकार्य भएको हो। धरान हाल एकतन्त्रिय शासनको बिरुद्ध परिबर्तन चाहने भएकाले कांग्रेसलाई रोजेको हो। 

धरान कांग्रेसका पुर्ब नगर सभापती किशोर राईले दुई पाटी बिच भएको कार्यगत एकता ऐतिहासिक भएको बताए। नेकपाले गरेको बेतिथि बिरुद्ध कार्यगत एकता भएकाले यसले नँया सन्देश प्रवाह एकता कार्यक्रममा नेताहरुले वताए।

'धरानबासीलाई नेकपाले दु:खमा पारी रहेको बेला भएको कार्यगत एकताले धराने जनतालाई समृद्धिको बाटो उन्मुख लैजान्छ' नेता किशोर राईले भने। स्वतस्र्फुतरुपमा सहकार्य भएकाले तिलक राईको जितलाई मजबुद भएको र आगामी दिनमा पनि सहकार्य गर्न बिकासमुखी मेयर चुन्न आग्रह गरे।

त्यस्तै संघीय लोकतान्त्रिक खम्बुवानका केन्द्रीय उपाध्यक्ष राहुल राईले धराने जनता अहिले महत्वपूर्ण घडीमा रहेकाले धरानको लागि असल प्रतिनिधि चयन गर्न मौका यो भएकाले तिलक राई जस्तो बिकासप्रेमि नेतालाई जिताउन मात्र कार्यगत एकता भएको बताए। उनले भने ”हाम्रो पार्टीसंग कांग्रेसको सिद्धान्त मिल्दैन तर धरानमा बिकास र अन्य एजेन्डा मिलेकाले कार्यगत एकता भएको हो। धरान नगरबासीको आवश्यकता र चाहानले पार्टीको सिद्धान्त फरक फरक भए पनि धरानको बिकास र निकाशकालागि मात्र सकार्य भएको बताए। कम्युनिष्टले जनतालाई भ्रम फैलाएका कारण कांग्रेसलाई जिताउन सहकार्य गरिएको हो।

नेपाली कांग्रेस धरानका काबा सभापति महेन्द्र तामाङ्गको अध्यक्षतामा भएको कार्यगत घोषणा कार्यक्रममा नेपाली कांग्रेसका सुनसरी सचिब सुजेन्द्र गोले तामाङ्ग, कांग्रेस धरान नगर पुर्व सभापति किशोर राई, सदस्य पञ्चकला राई, संधिय लोकतान्त्रिक खम्बुवानका महासचिब राज कुमार खम्बु, प्रेस युनियनका धरान नगर सचिक मात्रिका प्रसाद नेपाल, केन्द्रीय सदस्य मोहन राई, डोम्सम राई केन्द्रिय उपाध्यक्ष राहुल राई, मेयरको उम्मेदवार एलिसा राई लगाएको विशेष उपस्थित रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ