arrow

मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो, एक घाइते

logo
सीता डोटेल, 
प्रकाशित २०७६ मंसिर ९ सोमबार
accident-final.jpeg

पाल्पा । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका ४ अधेरीगैरामा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका ३ का ४० वर्षीय लक्ष्मण नेपाली रहेको इलाका प्रहरी कार्यालय मुझुङका प्रहरी नायब निरीक्षक गोपालबहादुर पुनले बताए ।

घाइते पाल्पाको रिब्दिकोट गाउँपालिका ३ हार्थोकका ३० वर्षीय लेखबहादुर गैरे हुन् । उनको स्थानिय मेडिकलमा उपचार पछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

रैनदेवी मन्दिरमा पुजा गरी हार्थोकतर्फ फर्किदै गरेका उनीहरु सवार लु २८ प ३५७ नम्बरको मोटरसाइकल अपरान्ह साढे ४ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मोटरसाइकल सडकभन्दा करिब ५० मिटर तल खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ