arrow

के हो महाराष्ट्रको राजनीति ? फैसला हुँदै 

logo
प्रकाशित २०७६ मंसिर १० मंगलबार
pawar-thakare.jpg

काठमाडौं । भारतको महाराष्ट्र राज्यमा सरकार गठन गर्ने विषयले विभिन्न दलका नेताहरु आरोप प्रत्यारोपमा लागिरहेका छन् । 

चुनावी तालमेल गरेका दलहरुको स्पष्ट बहुमत नआएपछि समीकरण मिलाउनु पर्दा एक अर्काबीच आरोप प्रत्यारोप चलिरहेको हो । 

चार दिनदेखि जारी संघर्षबीच सर्वोच्च अदालतले यस विषयमा फैसला सुनाउँदै छ । सर्वोच्चले मंगलबार बिहान १०ः३० बजे (स्थानीय समय) महाराष्ट्रमा फ्लोर टेस्ट गराउने मागबारे फैसला सुनाउन लागेको हो । 

सोमबार राकांपा, कांग्रेस र शिवसेनाले मुम्बईको एक होटल ग्राण्ड होटलमा शक्ति प्रदर्शन गरेको छ । 

यसमा १६२ विधायकहरुबीच राकांपा अध्यक्ष शरद पवार, उनकी छोरी सुप्रिया सुले, शिवसेना अध्यक्ष उद्धव ठाकरे, उनका छोरा आदित्य ठाकरे, कांग्रेस नेता अशोक चह्वाण, मल्लिकार्जुन खड्गे लगायतका नेताहरु सहभागी रहेका थिए । 

उक्त क्रममा पवारले चुनौती दिँदै भने, ‘यो गोवा वा मणिपुर हैन महाराष्ट्र हो । फ्लोर टेस्टको दिन १६२ भन्दा बढी विधायक लिएर आउने छु । 

यसअघि ठाकरेले आफूहरु पाँच वर्षका लागि नभई २५–३० वर्षका लागि आएको बताएका थिए । शिवसेना प्रवक्ता संजय राउतले राज्यपालले चाहेको भए यहाँ आएर १६२ विधायकलाई देख्ने थिए भने ।

केन्द्रीय सत्ता आफ्नो हातमा भएको भाजपा पक्ष भने शान्त रहेको छ । मुख्यमन्त्री देवेन्द्र फडणवीसले अफिसरहरुसंग बैठक गरेका छन् । 

गत शनिबार फडणवीस र अजित पवारले शनिबार बिहानै गुपचुप शपथ ग्रहण गरेका थिए । यस विरुद्ध शनिबार राति कांग्रेस, राकांपा र शिवसेना मिलेर सर्वोच्चमा पुगेका थिए । 

संसदमा पनि यस विषयमा ठूलै हंगामा भइरहेको छ । अजितको सपथमा पुगेका विधायकहरुसमेत पवारको पक्षमा गएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ