arrow
ADVERTISEMENT

अफगानिस्तानमा चालिस लडाकू मारिए

logo
सिन्ह्वा,
प्रकाशित २०७६ मंसिर १० मंगलबार
afghanistan-map-geo.jpg

काबुल। अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी ४० भन्दा बढी लडाकू मारिएका छन्। सरकारी सुरक्षाकर्मी र नेटो गठबन्धन सेनाको कारबाहीमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन्।

अफगानिस्तानको रक्षा मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार गत २४ घण्टाको अवधिमा भएका कारबाहीमा परी उनीहरु मारिएका छन्।

सोमबार बिहानैदेखि सुरक्षा कारबाही भएको मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। देशको दक्षिणी हेलमान्ड प्रान्तमा पर्ने मार्जा जिल्लामा भएको कारबाहीमा परी छ तालिबान लडाकू मारिएका छन् भने लडाकूहरुले प्रयोग गरेको दुई सवारी साधन जलेका छन्।

त्यसैगरी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा २ लडाकू मारिएको अफगानी सुरक्षाकर्मीहरुले जनाएका छन्। लाघमान प्रान्तको अलिशिङ र अलिनागर जिल्लामा भएका छुट्टा छुट्टै सुरक्षा कारबाहीमा अर्को नौ जना मारिएका छन्।

त्यसैगरी अन्य विभिन्न प्रान्तहरुमा पनि सुरक्षा कारबाही भएको र ती सुरक्षा कारबाहीमा परी फरक फरक संख्यामा लडाकूहरु मारिएका सैन्य अधिकारीहरुले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ