arrow

डब्लु आइसीसीले जुटायो ८ लाख बढीको आर्थिक सहयोग

logo
कौरव खत्री,
प्रकाशित २०७६ मंसिर ११ बुधबार
logo.jpg

गुल्मी । गुल्मीको वामीमा डब्लुआइसीसी अन्तर्राष्ट्रिय सम्पर्क समितिले खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम र गाँउको मन्दिर निर्माणका लागि ८ लाख भन्दा बढि आर्थिक सहयोग जुटाएको छ ।

हाल रोजगारीको शिलशिलामा  बिश्वभर छरिएर रहेका साविकको वामी गाविस वडा नं. ९ का वामीबासीहरुले आउँदो मंसिर २४ देखि २६ गतेसम्म सञ्चालन हुन गइरहेको खुल्ला पुरुष भलिबवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमको लागि ८ लाख भन्दा बढी आर्थिक सहयोग संकलन भएको (धष्अअ) संस्थाका संस्थापक अध्यक्ष दिलिप थापाले जानकारी दिए ।

खेलकुद र साँस्कृतिक कार्यक्रम मार्फत संकलित बचत रकमले मुसिकोट नगरपालिका ७ वामी  माईका थान  मन्दिर निर्माण कार्यमा रकम सहयोग गरिने  संस्थापक अध्यक्ष थापाले जानकारी दिए ।

साथै मुसिकोट नगरपालिका ७ साविकको वामी गाविस वडा नं. ९का वामीवासीहरु हाल रोजगारीको शिलशिलामा  बिश्वभर छरिएर आफ्नो जन्मभूमि र गाँउ ठाँउको विकासमा पु¥याएको सहयोग प्रशंसनीय रहेको आयोजकले सबै आर्थिक सहयोगीहरुलाई धन्यवाद दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ