arrow

जब्दी पुल पुनःनिर्माणमा सांसद् बिमला बिकको पहल 

मन्त्रीलाई गराइन् ध्यानाकर्षण

logo
मुरली गोडिया,
प्रकाशित २०७६ मंसिर ११ बुधबार
mantri6.jpg

गुलरिया । बर्दियाको बबई नदीस्थित जब्दी घाटमा निर्मित पुललाई पुनःनिर्माणका निम्ती ध्यानाकर्षण गराइएको छ । गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकालाई जोड्ने जब्दी घाटको पुललाई पुनःनिर्माणका निम्ती ध्यानाकर्षण गराइएको हो । 

प्रतिनिधि सभा सदस्य बिमला बिकले बर्दियाको बबई नदी स्थित् जब्दी घाटमा रहेको पुल पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङको ध्यानाकर्षण गराएकी हुन् । 

पप्पु कन्स्ट्रक्सनले बनाएको जब्दी पुल हस्तान्तरण नहुँदै २०७३ साउनको बाढीले भासिएको थियो । मन्त्री नेम्वाङलाई भेटेर सांसद बिकले पुलको पुनर्निर्माण कार्य अविलम्ब प्रारम्भ गरी बर्दियाली नागरिकको भावना र आवश्यकताको सम्मान गर्न आग्रह गरिन् ।  पप्पु कन्स्ट्रक्सनले बनाएको उक्त पुल हस्तान्तरण नहुँदै २०७३ साउनको बाढीले भासिएको थियो । 

हस्तान्तरण नहुँदै पुल भासिएपछि गठित छानबिन समितिले निर्माण गुणस्तरहीन भएको पुष्टि गरेको थियो । १६ करोड ६८ लाख ४ हजार रूपैयाँमा निर्माण गरिएको पुलले सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोडेको थियो। पुलको लम्बाई ४ सय ३५ मिटर छ ।

पप्पु कन्स्ट्रक्सनले २०६८ असार २५ देखि निर्माण थालेको थियो । डेढ वर्ष ढिला निर्माण सकिएको पुल भत्किएकै तीन वर्ष बित्दा समेत पुनर्निर्माण नगरिएको सांसद बिकले आफनो ध्यानाकर्षण पत्रमा उल्लेख गरेकी छिन् ।

“ठेकेदारलाई कारवाहीको माग गर्दै पटक पटक केन्द्रमा धायौं । जति प्रयास गरे पनि सफल भएनौं, हार खायौं । अब मन्त्रीज्यूले पहल लिइदिनुर्पयो ।” भनि सो पत्रमा उल्लेख गरिएको छ । 

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ समेत उक्त पुलमा गई पुलको निरीक्षण गरेका थिए । तुरुन्त पुलको पुनर्निर्माण गर्ने आश्वासन दिएका महासेठले कुनै पहल नलिएको सांसद बिकको  गुनासो छ ।  

हाल वैकल्पीक बाटो समेत नहुँदा भासिएकै पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने नागरिकको बाध्यता रहेको जानकारी गराउँदै सांसद बिकले जुनसुकै बेला अप्रयि घटना भई ठूलो धनजनको क्षति हुनेतर्फ मन्त्री नेम्वाङलाई सचेत गराएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ