arrow

कांग्रेस उम्मेदवार भट्ट नेकपा कार्यकर्ताद्धारा कुटिए, यसरी परे षड्यन्त्रमा 

logo
प्रकाशित २०७६ मंसिर १२ बिहिबार

बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ मा एक कांग्रेस कार्यकर्तालाई अपहरण गरी उनकै फोनबाट कांग्रेस उमेदवार सुरेन्द्रप्रसाद भट्टलाई फोन गरी बोलाई नेकपा कार्यकर्ताले हातपात गरेका छन् ।

नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेद्वार सुरेन्द्रप्रसाद भट्टले बुधवार राति साढे १० बजे नेकपाका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको र आफूले भागेर ज्यान जोगाएको बताए ।

आफ्नो एकजना कार्यकर्तालाई नेकपाका कार्यकर्ताहरुले अपहरण गरी आफूलाई फोन गर्न लगाएको र उसलाई छुटाउन जाँदा आफूमाथि हातपात भएको उम्मेद्वार भट्टले बताए। दोगडाकेदार गाउँपालिका ४ को मटेला भन्ने ठाउँमा आफूमाथि हातपात भएको उम्मेद्वार भट्टले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले नेपाली कांग्रेसका उम्मेद्वार भट्टमाथि हातपात भएको मौखिक जानकारी आएको बताए पनि सुरक्षामा खास ध्यान भने नदिएको स्थानिय कांग्रेसले जनाएको छ । 

कांग्रेसले उम्मेद्वार भट्टमाथि हातपातको घटनामा संलग्नलाई कडा कार्वाहीको माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ