गढिमाई पञ्चबर्षिय मेलामा आउने भक्तजनलाई नेबिसंघद्वारा स्वास्थ्य शिविर
प्रकाशित २०७६ मंसिर १२ बिहिबार
444
Shares
गढिमाई । गढिमाई पञ्चबर्षिय मेलामा आउने श्रद्धालु भक्तजनहरुका लागि नेपाल विद्यार्थी संघ नेबिसंघ बाराद्वारा एक स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
श्री गढिमाई महेन्द्र उच्च माविको प्राङ्गणमा उक्त शिविरको उदघाटन नेबिसंघका निवर्तमान सहमहामन्त्री राजेश रौनियार र मेला व्यवस्थापन समितिका महासचिव मोतिलाल कुशवाहाले संयुक्त रुपमा गरेका थिए ।
उक्त अवसरमा नेबिसंघ बाराका जिल्ला अध्यक्ष राकेश पान्डे, काङ्ग्रेस नेता उपेन्द्र गुप्ता लगायत नेबिसंघ बाराका जिल्ला कार्यसमितिका युवा नेताहरुको बाक्लो उपस्तिथि थियो।
मेला भरी उक्त शिविर सञ्चालन गरिने हरिओम साहले जानकारी दिए ।