arrow

सिमकोट लाग्नामा टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या ४ 

logo
जनकबहादुर शाही,  
प्रकाशित २०७६ मंसिर ११ बुधबार

हुम्ला । नाम्खाको सल्लीबाट सिमकोटका लागि खाद्यन्न  ल्याउने क्रममा सिमकोट गाउँपालिका–७ को सिमकोट लाग्नामा बुधबार दिउँसो ३ः४५ बजे भएको टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । 

नाम्खा गाउपालिका वडा नं.१ हेक्पा गाउकाकी नरी लामा, छिरिङ कार्मा लामा र हिल्सा सिमकोट सडक आयोजनाका सुपरभाईजर खार्पुनाथ गाउँपालिका १ प्युसका बबरजंग शाहीको घटनास्थलमै मृत्यु भएको थियो भने सिमकोट गाउँपालिका वडन नं. ६ माथिल्लो गाउँका बक्त रोकायाको उपचारका लागि जिल्ला अस्पताल ल्याएपछि उपचारका क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रामप्रशाद घर्तिमगरले बताए ।

दुर्घटनामा परी घाइते अन्य १० जनाको अवस्था गम्भिर रहेको र टिपर चालक सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाईते हुनेमा सर्केगाड गाउँपालिका वडा नं. २ उनापानीका अंग फडेरा, सिमकोट गाउँपालिका वडन नं. ६ का अकिल रोकाया, खगेन्द्र रावत, कमल रोकाया, रामकुमार रोकाया, सिमकोट वडा नं. ७ डाँडाफयाका सन्तोष सुनार, नरबिर सुनार, नाम्खा गाउँपालिका वडा नं. १ हेप्काका नाम्गेल लामा, नोटुक लामा, खिउदार तामङ, खार्पुनाथ गाउँपालिका वडा नं. ५ का धनसिंह भण्डारी, गाउँपालिका वडन नं. २ ठेहेका अनिस बोहोरा  र टिपर चालक काभ्रे जिल्ला बुद्धनगर पालिका ११ भालुखर्कका आनन्द तामाङ रहेका छन् । 

अनिस बोहोरा र तिपर चालकबाहेका अरु सबै घाईतेको छाती, टाउको,ढाड र हात खुट्टामा चोट लागेको छ भने घाइतेहरुको अबस्था गम्भिर भएको जिल्ला अस्पतालका डाक्टर अमित बिष्टले बताए ।  

यसमा पनि अंग फडेरा, कमल रोकाया, सन्तोष सुनार र नाम्गेल लामाको अबस्था बढि चिन्ताजनक भएको डाक्टर बिष्टले बताए । घाईतेहरुको उपचार याहाँ गर्न नसकिने भएकाले थप उपचारका लागि जिल्ला बाहीर सुबिधा सम्पन्न असस्पतालमा लिनको लागि बिहबार बिहान नेपाली सेनाको एमआई सेभेन्टीन हेलिकप्टर आउने प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताईन् ।

नेपाल खाद्य संस्थानको चामल र अन्य दैनिक उपभोग्य सामाग्री सहित सदरमुकाम सिमकोट आउँदै गरेको लु ४ ख ३२६९ नंबरको ट्रिपर सडकबाट १५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका नौ जनालाई गाडीमा उद्धार गरिएको थियो भने तीन जनालाई स्टेचरमा ल्याईएको थियो । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र ठूलो संख्यामा स्थानीय समेत घटनास्थलमा पुगेका थिए ।

ट्रिपर चालक चालक तामाङलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । सिधा उकालो आई रहेको ट्रिपरले बटुवालाई साइट दिनखोज्दा ट्रिपर पल्टीएको प्रत्यक्षदर्सी सिमकोट–७ डाँडाफयाकी स्न्यायी शाहीले बताईन् । उनका अनुसार दुर्घटना भएको ट्रिपर सडकबाट दुई पटक पल्टिएर बिद्युतको पोलमा अडिएको थियोे ।

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा यो सहित अहिलेसम्म चारवटा दुर्घटना भएका छन् । यसअघि २०६९ सालमा हिल्साको नौमुलेमा ट्याक्टर पल्टिँदा १ जनाको ज्यान भएको थियो । गएको असार ३ गते खार्पुनाथ ५ को  बालुबिसौनामा बलेरो जीप कर्णाली नदीमा दुर्घटना हुँदा ११ जनाको ज्यान गएको थियो भने गएको कार्तिक २३ मा सिमकोट गाउँपालिका–५ को सार्कीबाडामा जिप दुर्घटना हुदा ७ जना घाईते भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ