arrow

निर्वाचनको पुर्वसन्ध्यामा दाङका सुरक्षा प्रमुखहरुद्वारा मतदातालाई अपिल

पश्चिम दाङमा सेना परिचालन

logo
शरद रेग्मी,
प्रकाशित २०७६ मंसिर १३ शुक्रबार
dang-west.jpg

दाङ।   शनिबार मंसिर १४ गते हुने उपनिर्वाचनको सवै तयारी पुराभएको निर्वाचन कार्यालयले जनाएको छ । उपनिर्वाचनमा बुथ निर्माण, कर्मचारीको खटनपाटन, सुरक्षा परीचालन लगायत सवै तयारी सम्पन्न भइसकेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिएका छन्।

 निर्वाचनको तयारी सम्वन्धी रिपोर्टर्स क्लव दाङले शुक्रबार श्रीगाउँमा आयोजना गरेको पत्रकार समेलनमा बोल्दै निर्वाचन समितिका संयोजक रिजालले  मतदान विहान ७ बजेदेखि ५ बजेसम्म हुने बताए ।  सहज र सुरक्षित एवं भयरहित वातावरणमा मतदानका लागि  सुरक्षा निति बमोजिम तीन तहको सुरक्षाघेरा व्यवस्थापन भैसकेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

 ‘मतदानमा भयरहित अवस्थानमा सहभागि हुन पाउने व्यवस्था भैसकेको छ, ढुक्कका साथ मतदान गर्नुस उनले भने । उनले ४ स्थानका मतदान केन्द्रहरु अति संवेदनसिल रहेको भन्दै कुनै अप्रिय घटना भए तत्कालै थप प्रहरि पुग्ने बताए ।

नेपाल प्रहरी, विशेष स्ट्राइकिङ फोर्स, शशस्त्र प्रहरी र नेपाली सेना समेत आवस्यकता अनुसार परीचालन गरीएको सुरक्षा अधिकारीले बताएका छन् । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी रहने छ, दोस्रो घेरामा शशस्त्र प्रहरीहरु रहने छन् भने वाहिरि घेरामा आवश्यकता अनुसार नेपाली सेना रहनेगरी विशेष सुरक्षा व्यवस्थापन गरीएको छ । त्यसैगरी सुरक्षाकालागी मोवाइल स्ट्राइकिङ टोलि समेत परीचालन भैसकेको छ । निर्वाचनमा ४ सय १० कर्मचारी परीचालित छन् ।

 जिल्ला निर्वाचन कार्यालयका प्रमुख वुद्धिबहादुर खत्रीले प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नं ३ (ख) र  घोराही उप महानगरपालिका वडा नं १६ मा  हुने उप निर्वाचनमा ७३ हजार १ सय ७२ जना मतदाता रहेको बताए । उनले सवै निर्वाचन स्थलमा सवै तयारी पुराभएको बताए ।   कार्यक्रमको सहजिकरण रिपोर्टर्स क्लव दाङका महासचिव विमल गौतमले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ